१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

दाङमा बदेलको आक्रमणबाट चारजना गम्भीर घाइते

Logo
प्रकाशित शनिबार, पुष १८, २०७७

 

(सागर थापा)
दाङ । शनिवार विहान घाँस दाउरा काट्न भनी नजिकैको सामुदायिक वनमा गएका थिए । जसमध्ये चारजनालाई दाउरा काट्ने क्रममा जंगली बदेलले आक्रमण गरेको गरेको छ ।

घाइते हुनेमा लमही नगरपालिका वडा नम्बर १ बरूवा गाउँ निवासी ४० वर्षिय हिरादेवि चौधरी, वडा नम्बर २ डोडही निवासी ८ वर्षिय शिरीष गिरी, सोहि ठाउँ निवासी ५५ वर्षिय धनिया चौधरी रहेका छन भने अन्य एक जनाको नाम ठेगाना खुल्न सकेको छैन ।

बदेलले उनिहरुको खुट्टामा आक्रमण गरेको छ । घाइते मध्ये दुईजनालाई लमही र फलोरेन्स् अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि बुटवल रिफर गरिएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) जिल्ला अस्पताल धादिङमा कार्यरत डाक्टर प्रतिभा धौभडेल मृत फेला परेका छन् । ३४ वर्षीय डाक्टर धौभडेल काठमाडौंको छाउनीस्थित आफ्नै घरको बाथरुममा मृत अवस्थामा भेटिएका हुन् । केही दिनअघि घर बिदामा काठमाडौं आएका उनी बाथरुपमा सलको पासोमा झुण्डिएको अवस्थामा भेटिएको उनका पति डा.कविराज भण्डारीले प्रहरीसमक्ष बयान दिएका छन् ।कपडाको सलले पासो लगाएर झुण्डिएको […]

(एबिसि संचार )                                                                वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जंगलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका–४ […]

(एबिसि संचार ) होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएका त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल सूर्यढुङ्गा भन्ने स्थानमा १२ वर्षीया रेखा मगरको शव फेला परेको प्रहरीले जनाएको छ ।