२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङको तुलसीपुरबाट १५ जना जुवाडेहरु पक्राउ

Logo
प्रकाशित आइतबार, पुष १९, २०७७

(तेज वली)
तुल्सीपुर। दाङबाट करिब साढे तीनलाख नगदसहित १५ जुवाडे पक्राउ गरेको छ । शनिबार साँझ ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं.६ बरुवागाउँ निवासी खुमानसिंह वलीको घरमा जुवा खेलिरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार तीन लाख ३९ हजार ६ सय ६० रुपैँयासहित ३७ बर्षीय ओमकार वली, ४२ बर्षीय ज्ञान बहादुर डाँगी, ३७ बर्षीय नर बहादुर डांगी, ४६ बर्षीय लिले बस्नेत, २७ बर्षीय डम्मर केसी, ४१ बर्षीय पुर्ण बहादुर डांगी, ५२ बर्षीय थल बहादुर बुढाथोकी, ३७ बर्षीय खुमान सिंह वलीलाई पक्राउ गरिएको हो ।

त्यस्तै ३७ बर्षीय राम रोशन बस्नेत, ५० बर्षीय लाल बहादुर गुरुङ्ग, ५० बर्षीय कुसल शर्मा, ४५ बर्षीय नउले भण्डारी, ४७ बर्षीय चन्द्र प्रकाश अधिकारी, ४७ बर्षीय राम चन्द्र डांगी, ५० बर्षीय प्रशुराम पुनलाई पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट ४ गड्डी तास समेत बरामद गरिएको डिएसपी सिंहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]