१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

पैसाको लागि सामूहिक बलात्कारको नाटक गर्ने युवती पक्राउ

Logo
प्रकाशित आइतबार, माघ ०४, २०७७

 

ABC (क्राईमबिट)
काठमाडौं । तीन दिनअघि आफू सामूहिक बलात्कार परेको भन्दै ओखलढुंगाकी १७ वर्षीया युवतीले प्रहरीसमक्ष रोइकराइ गरिन् । उनले आफूलाई रातभरि पाँच जनाले बलात्कार गरेको प्रहरीलाई बताएकी थिइन् । युवतीको उजुरीपछि प्रहरी पीडकको खोजीमा लाग्यो । तर कतैबाट पनि बलात्कार भएको खुलेन । अन्ततः आर्थिक प्रलोभनमा परेर झूटो उजुरी दिएको युवतीलाई नै पक्राउ गरेको छ ।

प्रहरीले अनुसन्धानकै क्रममा झुटो बलात्कार ठहर गर्दै पीडित भनिएका चिनीमाया नेपाली, कल्पना भुजुर र बलात्कारको नाटक गर्ने युवतीलाई पक्राउ गरेको हो । उनीहरुमाथि जबरजस्ती करणीसम्बन्धी कसुरको षड्यन्त्र र आपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता गरेको रौतहट प्रहरीले जनाएको छ ।
युवती पुस २८ गते इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरमा पुगेकी थिइन् । इलाकाले मुद्दा गम्भीर भएको भन्दै जिल्ला प्रहरमिा पीडितलाई पठायो ।
म ओखलढुंगाबाट काठमाडौँ जाँदै गर्दा खुर्कोटमा गाडी बिग्रियो । बाटोमा बसिरहेका बेला ५ जना व्यक्तिहरुले अपहरण गरेर रौतहटको चन्द्रनिगाहपुर ल्याए । अनि दुई तले घरमा लगेर रातपर बलात्कार गरे,’ उनले प्रहरीलाई बताएकी थिइन् ।कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!