१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

काठमाडौंमा नवजात शिशुको फेला२० वर्षीया आमा पक्राउ

Logo
प्रकाशित बुधबार, माघ ०७, २०७७

 

ABC (क्राईमबिट)
काठमाडौं । भर्खरै जन्मिएको शिशुलाई झाडीमा फालेको भन्दै काठमाडौंको पवित्रानगरबाट प्रहरीले एकजना आमा (युवती)लाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ अन्तर्गत पर्ने पवित्रानगरमा बुधबार बिहान झाडीमा फालिएको अवस्थामा शिशु फेला परेको थियो ।

बुधबार बिहान करिब ३ बजेतिर झाडीमा शिशु कराएको आवाज सुनेपछि पुगेका स्थानीयले भर्खरै जन्मिएको शिशु झाडीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले शिशुको उद्दार गरेर उपचारका लागि कान्ति बाल अस्पताल ल्याएको थियो । शिशुलाई उपचारका लागि अस्पताल पुर्याइए पछि प्रहरीले शिशुलाई झाडीमा फाल्ने आमाको खोजी शुरु गरेको थियो ।

खोजीका क्रममा महाराजगञ्ज क्षेत्रमा डेरा गरी बस्ने २० वर्षीया युवती शिशुको आमा भएको खुलेको हो । ती युवती अविवाहित भएकी जनाइएको छ ।

प्रहरीले शिशुकी आमालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकी शिशुकी आमाको पनि अहिले कान्ति बाल अस्पतालमा नै उपचार भइरहेको महानगरीय प्रहरी प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी प्रमेश विष्टले जानकारी दिए । डीएसपी विष्टले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!