०८ जेठ २०८३, शुक्रबार
22-05-2026 , Fri
×

जनकपुर यातायात अफिसको सोफामा भेटियो २ लाख २३ हजार रुपैयाँ ?

Logo
प्रकाशित शुक्रबार, माघ १६, २०७७

 

ABC संचार ब्युरो
जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयको सोफामा लुकाएको २ लाख भन्दा बढी रुपैयाँ फेला पारेको छ ।

लाइसेन्स वितरणमा घुस लेनदेन भएको सूचना पाएपछि आएको अख्तियारको टोलीले मंगलबार झण्डै ६ घण्टासम्म कार्यालय छापा मारेको थियो । कार्यालयमा केही कर्मचारी र एक जना बिचौलिया पनि फेला परे । त्योभन्दा पनि अनौठो दृश्य थियो सोफाको कुनामा पैसा भेटिनु । सोफाको कुनामा र अन्य फर्निचरमा प्लाष्टिकमा बेरेर पैसा राखेको अख्तियार टोलीले भेटेको थियो । लुकाएर राखिएको २ लाख २३ हजार ८ सय रुपैयाँ बाँडफाँटका लागि राखिएको हुनसक्ने अनुमान छ । अख्‍तियारले कार्यालय सहयोगी भोगेन्द्र कापर र विचौलिया राजकिशोर भगतलाई नियन्त्रणमा लियो । बिचौलिया भगतको साथबाट ५० हजार बरामद गर्‍यो ।
अख्तियार टोलीले निमित्त प्रमुख वीरेन्द्र साहसँग पनि सोधपुछ गरेको छ । बिचौलिया भगतले ट्याक्टर चालकको लाइसेन्सको लागि घूस वापत रकम बोकेर आएको बयान अख्तियार समक्ष दिएको स्रोतले जनाएको छ । यो कार्यालयमा रहेको झण्डै ४ सय स्मार्ट लाइसेन्स गत कात्तिकको पहिलो साता धान खेतमा फालिएको अवस्थामा फेला परेको थियो ।
चालक अनुमति पत्रको परीक्षा स्थगित अख्तियारले छापा मारेर कार्यालय सहयोगी र बिचौलियालाई पक्राउ गरेपछि कार्यालयले चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा स्थगित गरेको छ ।

चालक अनुमति पत्रका लागि बुधबारदेखि शुक्रबारसम्म लिइने सम्पूर्ण लिखित तथा प्रयोगात्मक परीक्षाहरु स्थगित गरिएको सूचना मार्फत जनाएको छ । कार्यालयका निमित्त प्रमुख वीरेन्द्र साहद्वारा हस्ताक्षरित सूचनामा कार्यव्यस्तताको कारणले अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि परीक्षा स्थगित गरिएको उल्लेख छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!