१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

ओलीको भाषण पछि संकटकाल लगाउने संकेत निस्के नेपाली सेनाहरु

Logo
प्रकाशित बिहिबार, माघ २२, २०७७

ABC Sanchar
काठमाडौँ । प्रचण्ड–नेपाल समूहले आम हड्ताल गरेकै दिन सङ्कटकालकै झल्को दिने गरी नेपाली सेनाले बख्तर बन्द गाडीहरूलाई बुटवलका सडकमा घुमाएको छ । पूर्व जानकारी विनै बख्तर बन्द गाडीहरू घुमाएपछि राजमार्ग चौराहा बन्द गराइरहेका कार्यकर्ताहरू अचम्ममा परेका थिए ।

सेनाले बख्तर बन्द गाडी देखाएर डराउन खोजेको एक कार्यकर्ताले जानकारी दिए । बुटवल बेसक्याम्पबाट निकालिएका ४ वटा बख्तर बन्द गाडी राजमार्ग चौराहा हुँदै गोल पार्कतिर लगिएको थियो ।

यसबारे भने आन्तरिक जानकारी आफूहरूलाई भएको नेपाल प्रहरीका एक जवानले बताए । ‘हामीलाई थाहा थियो ।’ उनले भने, ‘आन्तरिक सर्कुलेसन भएको थियो ।’ आर्मीले यसबारेमा केही बोलेको छैन ।

मुख्य राजमार्ग बाहेक बुटवलका भित्री सडकहरूका पसल व्यवसाय भने आंशिक मात्रामा सञ्चालन भइरहेका छन् । ई–रिक्साहरूलाई मुख्य राजमार्गबाहेक अन्यत्र रोकिएको छैन । स्रोत सर्बोच्च ड्ट्कम

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]