२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

नारायणकाजीले धमलाको माथि गरे हमला ऋषि जि तपाईं चुप लाग्नुहोस ?

Logo
प्रकाशित बिहिबार, माघ २९, २०७७

ABC Sanchar
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड- नेपाल समूहले आयोजना गरेको आमसभामा प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकार ऋषि धमालालाई हप्काएका छन् ।

सभामा १० जना वक्ताहरुले सम्बोधन गरिसकेपछि सम्बोधन गर्न आएका नेता श्रेष्ठले हल्ला नगर्न भन्दै पत्रकार ऋषि धमलासहित पत्रकारहरुलाई हप्काएका हुन् ।

आफूले भाषण गरिरहेको बेला पत्रकार धमलाले कार्यक्रममा सहभागी भएका अरु नेताको अन्तर्वार्ता लिन थालेपछि श्रेष्ठले भाषकै बीचमा उनलाई रोक्नु परेको हो ।

भाषण गर्दा गर्दै बीचमा रोकिएर श्रेष्ठले भने, ‘एकछिन त्यहाँ पत्रकार साथीहरुले अरु केही नगर्दिनुहोला । पत्रकार साथीहरु, हामी यहाँ सभा सञ्चालन गरिरहेका छौं । तपाईंहरु त्यहाँ चुप लागिदिनुहोस् । सुन्नुभो ऋषि धमला जी, ऋषि धमला जी, तपाईं त्यहाँ अर्को कार्यक्रम नगर्नुहोस् । चुप लाग्नुहोस्, तपाईं चुप लाग्नुहोस् ।’

नेता श्रेष्ठले सभा सकिए पछि मात्रै अन्तर्वार्ता लिन पनि पत्रकारहरुलाई अनुरोध गरे । ‘उहाँले राम्रै काम गर्नुभएको थियो जनसमुदायको बीचमा अन्तर्वार्ता लिँदै । तर अहिले हैन, पछि लिन विनम्र अनुरोध गर्दछु,’ नेता श्रेष्ठले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।