१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

रामकुमारी झाँक्री गिरफ्तार, राज्यविरुद्धको कसुर गरेको अभियोगमा

Logo
प्रकाशित बिहिबार, माघ २९, २०७७


ABC Sanchar
काठमाडौं । नेकपा (प्रचण्ड-नेपाल) समूहकी रामकुमारी झाँक्रीले गिरफ्तारी दिएकी छन् ।

राष्ट्रपति विदादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको प्रकरणमा राज्यविरुद्धको कसुर गरेको भनेर पक्राउ पूर्जी थमाइएपछि झाँक्रीले गिरफ्तारी दिएकी हुन् ।

महानगरीय अपराध महाशाखाको टोलीले झाँक्रीलाई उनको शंखमूलस्थित निवासबाटै गिरफ्तार गरेको छ ।

महानगरीय अपराध महाशाखका डीएसपी दूर्गाराज रेग्मीको हस्ताक्षर रहेको जरुरी पक्राउ पूर्जीमा झाँक्रीले राज्यविरुद्धको कसुर गरेको आरोप लगाइएको छ ।

‘तपाईंलाई राज्यविरुद्धका कसुरअन्तर्गत दफा (५८)को कसुरको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नु परेकोले यो पूर्जी जारी गरिएको छ,’ झाँक्रीविरुद्ध जारी गरिएको पक्राउ पूर्जीमा भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]

(एबिसि संचार )                                                              कञ्चनपुरको एक होटलमा जुवातास खेलिरहेको अवस्थामा ५ जना जनालाई प्रहरीले पक्राउ गरेको छ । भिमदत्त नगरपालिका-४ स्थित सहारा होटलमा जुवातास खेलिरहेको अवस्थामा […]

(एबिसि संचार )                                                                ललितपुरको इमाडोलमा लुगा सुकाउने क्रममा इनारमा खसेकी महिलाको सकुशल उद्धार गरिएको छ । २८ वर्षीया नुतन प्रधानको सकुशल उद्धार गरिएको सशस्त्र […]