२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

रामकुमारी झाँक्री गिरफ्तार, राज्यविरुद्धको कसुर गरेको अभियोगमा

Logo
प्रकाशित बिहिबार, माघ २९, २०७७


ABC Sanchar
काठमाडौं । नेकपा (प्रचण्ड-नेपाल) समूहकी रामकुमारी झाँक्रीले गिरफ्तारी दिएकी छन् ।

राष्ट्रपति विदादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको प्रकरणमा राज्यविरुद्धको कसुर गरेको भनेर पक्राउ पूर्जी थमाइएपछि झाँक्रीले गिरफ्तारी दिएकी हुन् ।

महानगरीय अपराध महाशाखाको टोलीले झाँक्रीलाई उनको शंखमूलस्थित निवासबाटै गिरफ्तार गरेको छ ।

महानगरीय अपराध महाशाखका डीएसपी दूर्गाराज रेग्मीको हस्ताक्षर रहेको जरुरी पक्राउ पूर्जीमा झाँक्रीले राज्यविरुद्धको कसुर गरेको आरोप लगाइएको छ ।

‘तपाईंलाई राज्यविरुद्धका कसुरअन्तर्गत दफा (५८)को कसुरको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नु परेकोले यो पूर्जी जारी गरिएको छ,’ झाँक्रीविरुद्ध जारी गरिएको पक्राउ पूर्जीमा भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!