२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्रहरी जवानको लिखित परीक्षा दिने २६ जना नक्कली परीक्षार्थी पक्राउ

Logo
प्रकाशित आइतबार, फाल्गुण २३, २०७७


(सर्मिला बोगटी) धनगढी । कञ्चनपुर र डोटीबाट प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २६ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

प्रहरीका अनुसार कञ्चनपुरको महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रहरुबाट नक्कली परीक्षार्थी बनी परीक्षा दिइरहेका बझाङ तल्कोट गाउँपालिका-१ ठेगाना भएका २२ वर्षीय दिनेश खाती लगाएत २२ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लोकसेवा आयोग दिपायल केन्द्रबाट संचालन भएको प्रहरी जवान (खुल्ला तथा समाबेशी) जनपदको लिखित परीक्षामा नागरीकताको प्रमाण पत्र र प्रबेश पत्रमा समेत फोटो परिवर्तन गरी हस्ताक्षर समेत किर्ते गरी नक्कली परीक्षार्थी बनी परीक्षा दिइरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरिएको हो ।

यसैगरी डोटीको विभिन्न परीक्षा केन्द्रबाट नेपाल प्रहरीको जनपदतर्फको प्रहरी जवानको लिखित परीक्षामा अर्काको नाममा दिने ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न परीक्षा केन्द्रमा अर्काको नाममा नक्कली परीक्षार्थी बनी परीक्षा दिइरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरिएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!