२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

प्रहरी जवानको लिखित परीक्षा दिने २६ जना नक्कली परीक्षार्थी पक्राउ

Logo
प्रकाशित आइतबार, फाल्गुण २३, २०७७


(सर्मिला बोगटी) धनगढी । कञ्चनपुर र डोटीबाट प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २६ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

प्रहरीका अनुसार कञ्चनपुरको महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रहरुबाट नक्कली परीक्षार्थी बनी परीक्षा दिइरहेका बझाङ तल्कोट गाउँपालिका-१ ठेगाना भएका २२ वर्षीय दिनेश खाती लगाएत २२ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लोकसेवा आयोग दिपायल केन्द्रबाट संचालन भएको प्रहरी जवान (खुल्ला तथा समाबेशी) जनपदको लिखित परीक्षामा नागरीकताको प्रमाण पत्र र प्रबेश पत्रमा समेत फोटो परिवर्तन गरी हस्ताक्षर समेत किर्ते गरी नक्कली परीक्षार्थी बनी परीक्षा दिइरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरिएको हो ।

यसैगरी डोटीको विभिन्न परीक्षा केन्द्रबाट नेपाल प्रहरीको जनपदतर्फको प्रहरी जवानको लिखित परीक्षामा अर्काको नाममा दिने ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न परीक्षा केन्द्रमा अर्काको नाममा नक्कली परीक्षार्थी बनी परीक्षा दिइरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरिएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]