२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

तुल्सीपुरमा बस दुर्घटना हुदा ४२ जना

Logo
प्रकाशित मंगलबार, चैत्र १०, २०७७

(तेज वली) दाङ । तुलसीपुर स्थित पब्लिक ज्ञानज्योती माविको विद्यार्थी बोकेको रा १ क ४३३ नम्बरको बस तुलसीपुर १५ सरैयामा दुर्घटना हुदा तुलसीपुर १६ निबासी १९ बर्षिया सम्झना केसीको मृत्युभएको हो । दुर्घटनामा परि बसका सह चालक सहित २६ जना घाईते भएका छन् । घाईतेहरु मध्य १० जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको र अन्य घाईतेहरु तुलसपुरका विभिन्न अस्पतालमा उपचार पछि डिस्चार्ज भएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । गाउँमा पुगेर विद्यार्थी लिई विद्यालय फर्कदै गरेको बस तिब्र गतिमा रहेको र सरैया चोकमा दुर्घटनामा परेको विद्यार्थीहरुले बताएका छन् । चालक फरार रहेको र खोजी भैरहेको प्रहरीको भनाई छ ।

यसैविच आज तुलसीपुर क्षेत्रका निजी विद्यालयहरु बन्द भएका छन् । बस दुर्घटनामा परि एक छात्राको निधन भएको शोक र घाईतेहरुको स्वास्थ्य लाभको कामना गर्दै प्याबसन र एन प्याबसनमा आबद्ध सबै निजी विद्यालयहरु बन्द भएका हुन् ।

यता बंगलाचुली गाउँपालिकाको मुलाबारीबाट घोराही आउदै गरेको बस दुर्घटना हुदा १६ जना घाईते भएका छन् । रा १ ख २१५६ नम्बरको बस घोराही उपमहानगरपालिका ४ लक्ष्मीपुरमा दुर्घटना हुदा १६ जना यात्रु घाईते भएका हुन् । घाईते मध्य घोराही २ का ४४ बर्षिय मिना सुनारको अबस्था गम्भिर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । बस तिब्र गतिका कारण अनियन्त्रित भएर पल्टीएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही १७ गैरागाउँ टोल विकास संस्थाले सडक वरपर डस्बिन राखेको छ । शनिबार विहान एक कार्यक्रमको आयोजना गरी टोलमा सरसफाई गर्नुका साथै डस्बिन राख्ने काम भएको छ । टोल विकास संस्थाका अध्यक्ष तेजबहादुर बुढाको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले सरसफाई […]

मेष – अध्ययन–अध्यापनमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, संयमित रहनुहोस्। वृष – व्यापारमा लाभदायक समय। मनमा नयाँ योजनाको सोच आउनेछ। वैवाहिक जीवनमा रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सानो उतारचढाव हुन सक्छ। मिथुन – कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा समय बित्न सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। […]

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

error: Content is protected !!