०२ जेठ २०८१, बुधबार
15-05-2024 , Wed
×

नेपालगन्ज जमुनाहा नाकामा हेल्थडेस्क स्थापना

Logo
प्रकाशित मंगलबार, चैत्र १०, २०७७


(महेन्द्र सिंह)
बाँके । नेपालगञ्जको जमुनाहा नाकामा सुविधा सम्पन्न हेल्थडेस्क निर्माण गरिएको छ । भारतका विभिन्न राज्यमा कोरोना सङ्क्रमण बढेपछि स्वास्थ्य सतर्कता बढाउँदै नाकामा ल्याव सहितको सुविधा भएको हेल्थडेस्क सञ्चालन गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले हेल्थडेस्कमा स्वास्थ्य मन्त्रालय अन्तर्गत् इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मेडिकल अधिकृतसहित ६ जना कर्मचारीको दरबन्दी कायम गरेको जानकारी दिनुभयो । ती मध्ये ल्याव टेक्निसियन २ जना, नर्सिङ स्टाफ २ जना र पारामेडिक्स २ जना नाकामा खटिइसक्नुभएको छ । विगतमा उपमहानगरपालिका आफैंले हेल्थडेस्क सञ्चालन गरेकोमा अब महाशाखाबाट सहयोग प्राप्त भएपछि सेवा प्रभावकारी हुने चन्दले बताउनुभयो ।

नाका हेल्थडेस्कको स्थायी संरचना निर्माण सम्पन्न नहुन्जेलसम्म तत्काल काम सुरु गर्नका लागि स्वास्थ्यका लागि सक्षम प्रणाली नेपालले त्रिपाल, ट्याब लगायतको सहयोग गरेको छ । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजङ्ग शाह, स्वास्थ्य शाखा प्रमुख चन्द, स्वास्थ्यका लागि सक्षम प्रणालीका प्राविधिक सल्लाहकार सावित्री भट्ट, उपमहानगरपालिकाका वीरेन्द्र रावत सहितको टोलीले आज हेल्थडेस्क सञ्चालन लगायतका विषयमा जमुनाहा नाकामा पुगेर तयारीबारे आवश्यक जानकारी लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]