०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

नेपाल पत्रकार महासंघ दाङकाे नयाँ नेतृत्वका लागि २६३ मत खस्यो

Logo
प्रकाशित बुधबार, चैत्र २५, २०७७


(ABC Sanchar)
दाङ । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चुन्न बुधबार भएको निर्वाचनमा उत्साहजनक मत खसेको छ । दाङ सहित देशभरका महासंघको नेतृत्व चुन्न एकसाथ प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत् निर्वाचन भएको हो । दाङ सहित देशभरका करिब एक सय मतदान केन्द्रमार्फत महासंघका १३ हजार १२२ पत्रकारले मतदान गरेका हुन् ।

जिल्ला प्रदेश, केन्द्रीय, र सम्बन्धित शाखाहरुको नेतृत्व चयनका लागि महासंघले एक साथ मतदानको व्यवस्था मिलाएको थियो । महासंघको नेतृत्वमा पुग्न विभिन्न राजनीतिक दलनिकट पत्रकारका संघठनहरुले प्यानल बनाएर चुनावी मैदानमा छन् । यस्तो प्यानल केन्द्रदेखि प्रदेश, जिल्ला हुँदै शाखाहरु सम्म बनेको छ ।

यसै बीच नेपाल पत्रकार महासंघ दाङको २० पदका लागि बुधबार सम्पन्न निर्वाचनमा ९५ प्रतिशत मत खसेको छ । कुल २ सय ७६ मतदाता रहेको महासंघको निर्वाचनमा ९५ दशमलव २८ प्रतिशत मत खसेको निर्वाचन समिति संयोजक सुदीप गौतमले जानकारी दिएका छन् । बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म भएको मतदानमा मतदाताको उत्साहजनक सहभागीता रहेको छ । २६औं अधिवेशनमार्फत तय भएको निर्वाचनमा दाङमा पहिलो मतदान नेपाल पत्रकार महासंघको केन्द्रिय अध्यक्ष पदका उम्मेदवार विपुल पोख्रेलले गरेका थिए ।

संयोजक गौतमका अनुसार कुल २७६ मतदातामध्ये २६३ जनाले मतदान गरेका छन् । मतदानमा १३ जना अनुस्थित भएका छन् । अनुस्थित हुनेहरुमा केही जिल्ला बाहिर रहेका, केही बिरामी भई उपचाररत रहेका र केही देश बाहिर रहेका छन् । यो अवस्था हेर्दा दाङमा शतप्रतिशत सरह मत खसेको मान्न सकिने नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनले बताए ।

अब मतगणना कार्य बिहीबार बिहान ८ बजेबाट हुने भएको छ । मत पेटिकालाई निर्वाचन समितिले मुचुल्का उठाई पर्यवेक्षक तथा सुरक्षाकर्मीको रोहबरमा महासंघमै राख्ने भएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष प्रियासनले आगामी कार्यकालका लागि नेतृत्व चुन्न भएको निर्वाचनमा पत्रकारहरुको उत्साहजनक सहभागीता रहेको भन्दै सबैलाई आभार प्रकट गरेका छन् ।

जिल्लाको निर्वाचनमा दुईवटा प्यानलबीच प्रतिष्पर्धा भईरहेको छ । चुनावी मैदानमा प्रेस चौतारीको तर्फबाट दुर्गालाल केसीको नेतृत्व र प्रेस संगठन, प्रेस युनियन र प्रगतिशिल पत्रकार संघबाट लक्ष्मी आचार्यको समूह प्रतिस्पर्धामा छ । २० सदस्यीय कार्य समितिमा ४२ जनाको उम्मेदवारी परेको छ ।  जिल्लाबाट यस पटक प्रदेश र केन्द्रीय पदाधिकारीलाई मतदान गर्ने व्यवस्था मिलाइएको हुँदा यस पटकको निर्वाचन विगतभन्दा फरक अनुभूति गरिएको पत्रकारहरुले बताएका छन् । ४ वटा बेग्ला बेग्लै मत पत्रमा कुल ९६ जनालाई मतदान गर्ने गरी व्यवस्था मिलाइएकाले एक जना मतदातालाई मतदान गर्न कम्तिमा २० मिनेट लागेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले खोजी […]

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

error: Content is protected !!