०६ चैत्र २०८०, मंगलबार
19-03-2024 , Tue
×

गायक प्रकाश ढकाल र गायिका सावित्री जोशीकोे तिजको नयाँ गीत सार्वजनिक ( भिडियो सहित )

Logo
प्रकाशित शनिबार, आषाढ ०२, २०७५

रोशन पोखरेल , असार १ । गायक प्रकाश ढकाल र गायिका सावित्री जोशीकोे नयाँ तीज गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
‘पातली’ बोलको तीज गीत हालै युट्युब मार्फत सार्वजनिक भएको हो । सार्वजनिक उक्त तीज गीतमा आफनो प्रेमीको यादमा गायिकाले आफना प्रेमीको प्रसंसा गरेका छन । गीतको भिडियोमा मौलिकपनको नेपाली संस्कृति झल्काउने गरि छायाँकन गरिएको हो । प्रकाश ढकालको शब्द तथा संगीतमा गीत तयार पारिएको छ ।
यस गीतमा नेपालको कला संस्कृति प्रवद्र्धनमा समेत टेवा पुर्याउने विश्वास निर्माण टिमले लिएको छ । काजिश श्रेष्ठ, अन्जली अधिकारी , सरापे , प्रकाश खरेल , अस्मिता गौत्तमको सर्वोकृष्ट अभिनय रहेको भिडियोलाई सुरेश श्रेष्ठको छायाँकन, दिपक विष्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशन रहेको छ ।

हेर्नुहोस भिडियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी र टिकटकका अधिकारीहरूबिच सामाजिक सञ्जाल टिकटकको दुरुपयोग रोक्ने विषयमा छलफल भएको छ । टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैर कानुनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन र दोषीउपर कानुनबमोजिम कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलगायत सरकारी निकाय र सिंगापुरस्थित टिकटकको कार्यालयबाट आएका प्रतिनिधिबिच शुक्रवार छलफल भएको गृह मन्त्रालयका प्रवक्ता […]

  (ABC-Sanchar) दाङ । घोराही उपमहानगरपालिका वडा नं १४ निवासी रोजिना सुवेदीलाई अचार बनाउन निकै मन पर्छ । उहाँले विगत देखि नै घरमै अचार बनाएर आफ्ना परिवार तथा आफन्तहरूलाई खुवाउने गर्नुहुन्थ्याे धेरै आफन्तहरूले चाडपर्व आउँदा रोजिनालाई अचार बनाउन आग्रह गर्छन् । सबै आफन्तले आफूले बनाएको अचार मन पराउँदा उहाँलाई निकै खुसी पनि लाग्दथ्यो । विगतमा […]

(ABC-Sanchar) दाङ । राजेन्द्र रावतको शब्द तथा सुमन बस्नेत र मुना कुमालको स्वरमा रहेको ‘नियतिको खेल’ बोलको गित सार्बजनिक भएको छ । बिशेष डिजिटल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको उक्त गितलाई डाकुन पिक्चरको ब्यानरमा बजारमा ल्याईएको हो । अजय रेग्मीको छायांकन,कृष्ण बाजुरालीको संगीत,एरेन्ज र मिक्सिंग गरेको गितमा बिक्रम बुढाथोकी,धुर्ब कोईराला र जसोदा कार्कीले अभिनय गरेका छन […]