१६ आश्विन २०८३, शुक्रबार
02-10-2026 , Fri
×

बर्दिया सशस्त्र प्रहरीले २० केजी जरायो मासुसहित अवैध सामाग्रीहरु पक्राउ

Logo
प्रकाशित आइतबार, चैत्र २९, २०७७

 (महेन्द्र सिंह) बर्दिया । सशस्त्र प्रहरीले ठुलो परिमाणमा अवैध सामाग्री बरामद गरेको छ।सशस्त्र प्रहरीले बल नम्बर ३१ गण बर्दिया मातहतका बिओपीहरु र गस्ती टोलीले अवैध रुपमा चोरी पैठारी गरि नेपाल तर्फ भित्र्याउदै गरेको अवैध सामाग्री बरामद गरेको सशस्त्र प्रहरी प्रमुख एसपी नर बहादुर रावतले जानकारी दिएका छन्।
एसपी रावतका अनुसार सशस्त्र प्रहरीले सुर्तिजन्य पदार्थ, चिनी, काठ र ईलेक्ट्रोनिक सामान बरामद गरेको हो। बरामद गरिएका अवैध सामाग्रीलाई छोटी भन्सार कार्यालय बर्दियामा बुझाइएको एसपी रावतले जानकारी दिएका छन्।

यस्तै बर्दिया मधुवन नगरपालिका वडा नम्बर ३ धनौरा स्थित विओपि भगरैयाबाट सशस्त्र प्रहरी निरीक्षक मगरु चौधरीको कमाण्डमा खटिएको गस्ती टोलीले भारतबाट नेपाल भित्र्याउँदै गरेको २० केजी जरायोको मासु बरामद गरी खाता सब डिभिजन बन कार्यालयमा बुझाएको एसपी रावतले बताए।

बर्दियामा बर्तमान समयमा जिल्लाभर सशस्त्र प्रहरीका थप बिओपीहरु स्थापना भएपछि तस्करी बिरुद्द ससश्त्र प्रहरी खरो रुपमा उत्रिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]