२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

बाँकेमा स्थिति भयावह हुन नदिन सिडियोलाई उपप्रधानमन्त्रीकाे निर्देशन

Logo
प्रकाशित आइतबार, बैशाख १९, २०७८

ABC-Sanchar
काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसका कारण बाँके जिल्लामा उत्पन्न पछिल्लो परिस्थितिका बारेमा जानकारी लिएका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई आज बिहान टेलिफोन गरी उपप्रधानमन्त्री पोखरेलले नागरिकको जीवन रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिएका हुन् ।

सीसीएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले स्थिति भयावह हुन नदिनतर्फ बेलैमा कदम चाल्न निर्देशन दिँदै सीसीएमसीका तर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग हुने बताए । कुनै गम्भीर विषय भएमा सिसिएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिवलाई सिधै सम्पर्क गर्न उनले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन पनि दिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले बाँके जिल्लाको वस्तुस्थितिका विषयमा जानकारी गराउँदै कोभिडका बिरामीको चाप अस्पतालहरुमा बढिरहेको, अस्पतालमा बेडको अभाव भएको, मेडिकल डाक्टरहरुको अभाव भएको तथा नेपाल मेडिकल कलेज कोहलपुरलाई कोभिड अस्पतालको रुपमा अगाडि बढाउने विषय प्रक्रियामै रहेको जानकारी गराएका थिए ।

उपप्रधानमन्त्री पोखरेलले यी सबै विषयमा तत्कालै सिसिएमसीका तर्फबाट सम्बोधन गरिने बताए ।

उपप्रधानमन्त्री पोखरेलले कोरोनाका बिरामीको उपचारका लागि पूर्वाधार भएको ठाउँको पहिचान गरी तयारी गर्न, निजी अस्पतालका पूर्वाधारलाई सदुपयोग गर्न, अक्सिजनको पर्याप्त व्यवस्था गर्नसमेत प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् । उनले नेपाल–भारत सीमा नाकामा होल्डिङ सेन्टरको व्यवस्थापनका विषयमा पनि जानकारी लिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु भएको केही समयमै प्रहरीको हतियारबाट गोली पड्किँदा मतपेटिकामा सामान्य क्षति पुगेको छ। कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा बिहान ७:१० बजेतिर प्रहरीले बोकेको सटगनबाट गोली पड्किएको थियो। गोली पड्किएर क्षति पुगेको मतपेटिका फेरेर मतदानलाई सुचारु राखिएको छ। मतदानमा अन्य कुनै अवरोध नभएको […]

सर्लाही । निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित श्री जनता माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान सुरु भएको केही समयमै विवाद भएको छ। मतदान केन्द्रमा जम्मा भएका मतदाताबीच भनाभन र धक्का–मुक्का भएपछि स्थिति तनावपूर्ण बनेको थियो। विवादका कारण केहीबेर मतदान प्रक्रिया अवरुद्ध हुन पुगेको थियो । उक्त घटनासम्बन्धी भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको […]

बाँके। नेपालगन्ज जिल्लामा नेपाल-भारत सिमानाका नाकाहरू फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म बन्द रहने भएको छ। यो निर्णय निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर कडाइ गरिएको हो जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको सूचनामा भनिएको छ कि भारत जोड्ने नाकाहरूमा यातायातका साधन सञ्चालन तथा आवतजावतमा रोक लगाइएको छ। तर, एम्बुलेन्स, ट्यांकर, […]

error: Content is protected !!