१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

सरकारले अवकाश प्राप्त स्वास्थ्यकर्मी सेनालाई सेवामा फिर्ता बोलाउने

Logo
प्रकाशित बुधबार, बैशाख २२, २०७८


(ABC-Sanchar)
काठमाडौं । नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई सेवामा फिर्ता बोलाउने गरी तयारी थालेको छ । देशमा कोरोना संक्रमण बढ्दै जाँदा जनशक्तिको अभाव हुनसक्ने विश्लेषणका साथ सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई फिर्ता बोलाउने गरी तयारी थालेको हो ।

सेनाले जुनसुकै बेला पनि बोलाइन सक्ने भन्दै तयारी अवस्थामा रहन पनि निर्देशन दिएको छ ।

सेनाले हाल नेपालमा बढीरहेको कोरोनाको संक्रमणलाई मध्यनजर राख्दै यसको नियन्त्रण तथा रोकथामको लागि विभिन्न योजना तर्जुमा एवं आवश्यक तयारीहरु गर्दै आएको छ ।

यसै क्रममा जङ्गी अड्डामा प्रधान सेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले २०७२ साल भन्दा पछाडि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश प्राप्त गरेका स्वास्थ्यकर्मीहरुलाई आवश्यक परेको बखत बोलाउन सक्ने गरी तयारी हालतमा रहन निर्देशन जारी गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!