०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

गृहसचिव सहित २ IGP अक्सिजन उत्पादन गर्ने उद्योगहरूको अनुगमनमा

Logo
प्रकाशित शनिबार, बैशाख २५, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । हाल देशैभरी COVID 19 को विरामीको चाप अत्यधिक रुपमा बढ्नुका साथै उपचारको क्रममा अति आवश्यक अक्सिजन सिलिण्डरको अभाव समेत देखिएकोमा अक्सिजनको थप मागको परिपुर्ती गरी आवश्यक मात्रामा अस्पतालहरूलाई उपलब्ध गराउने उद्देश्यका साथ गृह सचिव महेश्वर न्यौपानेज्यूको नेतृत्वमा तीनवटै सुरक्षा निकायका प्रमुखज्यूहरू तथा महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख सहितको टोलीले आज ललितपुरमा रहेका अक्सिजन उत्पादन प्लाण्टहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरी यो विषम परिस्थीतीमा पुर्ण क्षमतामा अक्सिजन उत्पादन गरी जिल्लामा बिभिन्न स्थानमा Dump / Stock को रुपमा प्रयोग विहिन अवस्थामा रहेका अक्सिजन सिलिण्डरहरू संकलन गरी आपूर्ति व्यवस्थापनमा सहजताको लागी यस संग सम्बन्धित उद्योगी व्यवसायीहरूलाई आवश्यक निर्देशन समेत दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी र सेनालाई फागुन २४ मा जेनजी आन्दोलनको छानबिन प्रतिवेदन बुझाएपछि आयोगका सदस्य विज्ञानराज शर्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बन्ने चलखेलमा लागेका छन् ।आयोगमा बसेर काम गर्दा अन्य पदाधिकारीले भन्दा धेरै चलखेल गरेको आरोप शर्मा माथि लागेको छ । खासगरी प्रहरी र सशस्त्रका उच्च अधिकृतहरु माथि शर्माले पूर्वाग्रह राखेर विभागीय कारवाही र […]

कपिलवस्तु । महाराजगन्ज बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञाबिच स्थानीय युवाहरूले हुलाकी मार्गमा टायर बालेर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ । कपिलवस्तुमा स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा ४ जना घाइते,अहिले कर्फ्यु जारी, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी सन्तोष आचार्यले दिएको जानकारी अनुसार युवाहरूले प्रहरीलाई अवरोध गर्ने क्रममा झडप भएपछि हवाई फायर गर्नुपरेको […]

बाँके । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको छ। त्यहाँका नागरिकलाई बाघ, हात्ती र अन्य वन्यजन्तुले बेलाबखत सताउनु सामान्य कुरा थियो तर दुई महिनायता भने बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको हो। बाघ गाउँमा पस्न थालेपछि स्थानीय बासिन्दा सम्साँझैँ घरभित्र बस्न बाध्य भएका छन्। बर्दियाको गेरुवा गाउँपालिकाको मनाउ, पाताभार, […]

error: Content is protected !!