०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
×

रुकुममा  बस दुर्घटना, सातको अवस्था गम्भीर

Logo
प्रकाशित शुक्रबार, आषाढ ०८, २०७५

रुकुम, ८ असार । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा आज बिहान भएको बस दुर्घटनामा नौजना घाइते भएका छन । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । सदरमुकाम रुकुमकोटबाट दाङको तुलसीपुर जान छुटेको ना५ख ४०१२ नंको बस दुर्घटना भएको हो ।
सिस्ने गाउँपालिका –५ रुकुमकोटमा भएको दुर्घटनामा एक, बाँके डुडुवा गाउँपालिका–५ की २५ वर्षीय समुद्रा ऐरी, रोल्पा लिबाङ–४ का ३० वर्षीय दिलीपकुमार पुन, रुकुम पश्चिम बाँफीकोट गाउँपालिका–५ का २० वर्षीय दीपक देवकोटा, रुकुम पूर्व सिस्ने–५ का ४० वर्षीय अमर थापा र सोही ठाउँकी ५५ वर्षीया पुतला ऐरी घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परेर घाइते हुनेमा रुकुम पूर्व सिस्ने–५ की ५१ वर्षीया सुधाकुमारी शर्मा, सोही ठाउँका २३ वर्षीय नारायण गौतम, बाँके डुडुवा–५ का ३० वर्षीय अजित ऐरी र अन्य दुईजनाको नाम ठेगाना नखुलेको निरीक्षक दिवाकर रिजालले जानकारी दिनुभयो ।
घाइतेमध्ये समुद्रा, दिलीप, अम्मर, सुधाकुमारी अजित र नाम ठेगाना नखुलेका दुईजनाको अवस्था गम्भीर रहेको उहाँले जानकारी दिनुभयो । उहाँहरुलाई जिल्ला जनस्वास्थ्य कार्यालय रुकुमकोटमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । घाइते सबैको टाउको, छाती, हातखुट्टामा चोट लागेको छ ।
तीव्र गतिका कारण गाडी दुर्घटना भएको प्रहरीको अनुमान रहेको छ । गाडी चालक दाङ, तुल्सीपुर–११, तरीगाउँका चूडामणि विकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । घाइतेलाई नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । –रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बारम्बार वा एक्कासि छाती दुख्नुको कारण सामान्यदेखि गम्भीर स्वास्थ्य समस्याको कारणले हुनसक्छ । त्यसैले छातीमा कुनै प्रकृतिको दुखाइ छ भने बेवास्ता गरेर बस्नुहुँदैन । कतिपयले छातीको दुखाइ हुने बित्तिकै मुटुरोग वा हृदयघात हुन लागेको सोच्छन् । हृदयघात बाहेक अन्य रोगहरू जस्तै फोक्सो, पेट, मांसपेशीको समस्या वा मुटुको वरिपरिको तहमा समस्या हुँदा पनि छाती […]

दाङ । चर्चित नायिका मिरुना मगरको जन्मदिनको अवसर पारेर दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बादी बस्तीका बालबालिकालाई शैक्षिक सामग्री, जुस तथा बिस्कुट वितरण गरिएको छ। पहल थिएटर दाङ र घोराही बनाउँ अभियानको आयोजनामा तथा नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशको संयोजनमा दुर्गा भवानी टोलसहित सोही क्षेत्रका अन्य तीन टोलका करिब १५० जना बालबालिकालाई कापी, कलम, पेन्सिल, इरेजर, […]

दाङ । भालुवाङ प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी वाहिनी मुख्यालय, रुपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी दिपक अधिकारीको प्रमुख अथितीमा सम्पन्न भएको सो समारोहमा औपचारिक कार्यक्रम ध्वजारोहण, सलामी,शुभकामना मन्तव्य संदेश दिदै उत्कृष्ट कार्यसम्पादन गर्ने गणका अधिकृत तथा जवानलाई प्रशंसा पत्र र पुरस्कार स्थानीय समुदायसँगको सहकार्य, रक्तदान, सरसफाइ डिआईजी अधिकारीबाट सीमा […]

error: Content is protected !!