०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

रुकुममा  बस दुर्घटना, सातको अवस्था गम्भीर

Logo
प्रकाशित शुक्रबार, आषाढ ०८, २०७५

रुकुम, ८ असार । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा आज बिहान भएको बस दुर्घटनामा नौजना घाइते भएका छन । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । सदरमुकाम रुकुमकोटबाट दाङको तुलसीपुर जान छुटेको ना५ख ४०१२ नंको बस दुर्घटना भएको हो ।
सिस्ने गाउँपालिका –५ रुकुमकोटमा भएको दुर्घटनामा एक, बाँके डुडुवा गाउँपालिका–५ की २५ वर्षीय समुद्रा ऐरी, रोल्पा लिबाङ–४ का ३० वर्षीय दिलीपकुमार पुन, रुकुम पश्चिम बाँफीकोट गाउँपालिका–५ का २० वर्षीय दीपक देवकोटा, रुकुम पूर्व सिस्ने–५ का ४० वर्षीय अमर थापा र सोही ठाउँकी ५५ वर्षीया पुतला ऐरी घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परेर घाइते हुनेमा रुकुम पूर्व सिस्ने–५ की ५१ वर्षीया सुधाकुमारी शर्मा, सोही ठाउँका २३ वर्षीय नारायण गौतम, बाँके डुडुवा–५ का ३० वर्षीय अजित ऐरी र अन्य दुईजनाको नाम ठेगाना नखुलेको निरीक्षक दिवाकर रिजालले जानकारी दिनुभयो ।
घाइतेमध्ये समुद्रा, दिलीप, अम्मर, सुधाकुमारी अजित र नाम ठेगाना नखुलेका दुईजनाको अवस्था गम्भीर रहेको उहाँले जानकारी दिनुभयो । उहाँहरुलाई जिल्ला जनस्वास्थ्य कार्यालय रुकुमकोटमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । घाइते सबैको टाउको, छाती, हातखुट्टामा चोट लागेको छ ।
तीव्र गतिका कारण गाडी दुर्घटना भएको प्रहरीको अनुमान रहेको छ । गाडी चालक दाङ, तुल्सीपुर–११, तरीगाउँका चूडामणि विकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । घाइतेलाई नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । –रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी जनशक्तिको बढुवा तथा पदस्थापन प्रक्रिया अघि बढाएको छ। जनपद प्रहरी समूह अन्तर्गतका प्रहरी सहायक हवल्दारहरूको पदोन्नति र जिम्मेवारी तोकिएको हो। प्रहरी उपरीक्षकको निर्णयअनुसार जनपद प्रहरी समूहतर्फ कार्यरत एक हजार ३२ जना प्रहरी सहायक हवल्दारलाई बढुवा गर्दै विभिन्न स्थानमा पदस्थापन गरिएको जनाइएको छ। बढुवा तथा पदस्थापनसँगै सम्बन्धित कर्मचारीहरूलाई नयाँ जिम्मेवारीसहित […]

काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्री उपस्थित समारोहमा आईजी अर्यालले भने, ‘आन्तरिक सुरक्षामा परिचालन नीतिको स्पष्ट व्यवस्था हुन आवश्यक छ ।’ परिचालन नीतिमा स्पष्टता नहुँदा हुलदङ्गा नियन्त्रणमा सशस्त्र र नेपाल प्रहरीको बिचमा ‘विवाद’ हुँदै आएको छ । सशस्त्रले प्रस्ताव गरेको नयाँ परिचालन नीति गृह मन्त्रालयमा विचाराधीन छ । २०५७ मा स्थापना भएको सशस्त्र प्रहरीले सशस्त्र विद्रोह, […]

दाङ । तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ मानपुरका ३३ वर्षका रमा चौधरी रहेको दाङ प्रहरीले जनाएको छ । घाइते चौधरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो । डिएसपी शाहका अनुसार चौधरीको आज सवा ४ बजेतिर उपचारका […]

error: Content is protected !!