०५ माघ २०८१, शनिबार
18-01-2025 , Sat
×

प्रहरीमाथि व्यापारीबाट कुटपिट ३ प्रहरी घाईते १० जना पक्राउ अन्य फरार

Logo
प्रकाशित आइतबार, जेठ ०९, २०७८

(रवि वर्णवाल)
वीरगन्ज । जारी निषेधाज्ञालाई अवज्ञा गर्दै मुर्ली पोखरीमा माछा बेच्ने व्यपारीहरुले प्रहरीलाई कुटपिट गरी घाईते बनाएका छन ।

शुक्रबार साँझ व्यापारीको कुटपिटबाट प्रहरी जवान अरबिन्दर कुशवाहा, सिकेन्द्र साह र देवीलाल साह घाईते भएका छन ।

व्यपारिको कुटपिटबाट प्रहरी जवान कुशवाहा गम्भिर घाईते भएका छन । घाईते प्रहरीको तराई हस्पिटलमा उपचार पश्चात वडा प्रहरी कार्यालयमा राखिएको श्रीपुरका प्रहरी निरिक्षक दिनेश गौतमले जानकारी दिनुभयो ।

कुटपिटमा संग्लन भएको आरोपमा प्रहरीले दुई स्थानिय सहित १० जना व्यपारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी बेल बहादुर पाण्डेले जानकारी दिनुभएको छ ।

उहाँले घटनाबारे अनुशन्धान भईरहेको र दोषीमाथि हदै सम्मको कारवाही गर्ने जानकारी दिुनभयो । शुक्रबार साँझ प्रहरीले भिडभाड नगर्न व्यपारीलाई सम्झाउदा उल्टै उनीहरु प्रहरीमाथि ढुङ्गामुडा गर्न थालेका थिए । थौरे संख्यामा रहेका प्रहरीमाथि व्यपारिहरु एक्कासी आक्रमण गर्न थालेपछि स्थानियहरु प्रहरी माथि जाईलागेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीले कानुन कार्यान्वयनको दौरानमा कोइ कसैले हातहतियार सहित प्रहरीलाई बाधा पुर्‍याए इन्काउन्टर हुने बताएका छन् ।बाँके जिल्ला आफैमा धार्मिक तथा जातीय संवेदनशील क्षेत्र रहेको भन्दै जातीय सद्भाव कायम राख्ने कार्य जिल्ला प्रहरी कार्यालय बाँकेको पहिलो प्राथमिताको प्रथम सूचीमा रहेको बताए । छिमेकी देश भारतसँग […]

error: Content is protected !!