१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

औषधि पसल भित्र कुटपिट गर्ने DSP माथी छानबिन SP प्रसाईंको संयोजकत्वमा

Logo
प्रकाशित बिहिबार, जेठ १३, २०७८

ABC (क्राईमबिट)
बिरगंज । जनकपुरधाम पर्सामा सर्जिकल पसल भित्रै पसेर प्रहरी नायव उपरीक्षकले कर्मचारी २१ वर्षीय अफ्रोज अहमदलाई कुटेका थिए।कुटपिट गरेको घटनाको अनुसन्धानका लागि प्रदेश २ प्रहरी कार्यालयले छानविन समिति गठन गरेको छ। प्रदेशका प्रहरी प्रमुख डिआइजी धिरज प्रताप सिंहले सर्जिकल पसलमा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनले घटनाको छानविनका लागि तीन सदस्यीय समिती गठन गरिएको जानकारी दिए।

घटनाको छानविनका लागि प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको छ। ‘निषेधाज्ञा पालन गराउने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले पसल सञ्चालकसँग गरेको गैर व्यवसायीक व्यवहार सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। अनुसन्धान कार्य सुरु भएको छ। अनुसन्धानको क्रममा प्रहरी अधिकारी दोषी देखिएमा नियमावली बमोजिम कारबाही हुन्छ’, प्रदेश २ प्रहरी प्रमुख सिंहले भने।

बुधबार बिहान १०ः२१ मा वीरगन्ज महानगरपालिका वडा नम्बर ८ स्थित पानीट्याङ्की ब्यारेक पछाडि रहेको प्याथो सर्जिकल हाउसमा पसेर डिएसपी कार्कीले सर्जिकल पसलका कर्मचारीलाई कुटेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]

(एबिसि संचार )                                                              कञ्चनपुरको एक होटलमा जुवातास खेलिरहेको अवस्थामा ५ जना जनालाई प्रहरीले पक्राउ गरेको छ । भिमदत्त नगरपालिका-४ स्थित सहारा होटलमा जुवातास खेलिरहेको अवस्थामा […]

(एबिसि संचार )                                                                ललितपुरको इमाडोलमा लुगा सुकाउने क्रममा इनारमा खसेकी महिलाको सकुशल उद्धार गरिएको छ । २८ वर्षीया नुतन प्रधानको सकुशल उद्धार गरिएको सशस्त्र […]