१६ आश्विन २०८३, शुक्रबार
02-10-2026 , Fri
×

कंचनपुर प्रहरीले ४ किलो ४९० ग्राम चरेशसहित ३ जना पक्राउ

Logo
प्रकाशित शनिबार, भाद्र ०५, २०७८

(ABC-Sanchar)
कञ्चनपुर । प्रहरीले लागुऔषध चरेशसहित तीन जनालाई पक्राउ गरेको छ। चरेशको कारोवार भईरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रदेश अनुसन्धाान समूह (आरईटी) र जिल्ला प्रहरी कार्यालय कञचनपुरबा खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाको कृष्णपुर नगरपालिका २ प्रगतिटोलबाट तीन जनालाई चरेशसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका ७ बस्ने २१ बर्षिय किशोर सिंह, कञ्चनपुर कृष्णपुर नगरपालिका २ बंक बस्ने ३६ बर्षिय गणेश भण्डारी र बझाङ छबिस पाथिभरा गाउँपालिका ५ बस्ने ३२ बर्षिय झलक जाग्री रहेका छन्। उनीहरुको शरिरमा खानतलासी गर्दा ४ किलो ४९० ग्राम चरेश जस्तो देखिने कालो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। नेपाल पुलिसबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]