०१ जेठ २०८१, मंगलबार
14-05-2024 , Tue
×

कोहलपुर डिएसपी खनालको सक्रियतामा गुण्डा नाईके सन्ते सहितको ३ जना समुह पक्राउ

Logo
प्रकाशित बुधबार, भाद्र ०९, २०७८


ABC (क्राईमबिट)
बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले गुण्डा नाईके ‘सन्ते’ सहितको समुहलाई सुर्खेतबाट पक्राउ गरि सार्वजनिक गरेको छ ।गुण्डा नाईके ‘सन्ते’ सहित २ जनालाई सुर्खेतको बिरेन्द्रनगर नगरपालिका २ कालागाउँ भन्ने स्थानमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गर्न सफल भएको पत्रकार सम्मेलन मार्फत   जानकारी दिईएको छ । बाँकेको नेपालगञ्ज उप–महानगरपालिका २० थपुवा बस्ने १७ वर्षिय पुरन बि.क. र १८ वर्षिय टेक बहादुर बि.क. लाई आ–आफ्नो घरको कोठामा सुतिरहेको अवस्थामा निर्घात रुपमा कुटपिट गरेको अभियोगमा गुण्डा नाईके ‘सन्ते’ भनिने बसन्त रावत लगायतको समुहलाई पक्राउ गरिएको हो । उनीसहितको १०/१२ जनाको टोलिले गत साउन २४ गते राती २ बजेको समयमा सोही वडाको नयाँ बस्ती थपुवाका द्धोय बि.क. माथि आक्रमण गरेका थिए । उनीहरुले खुँडा, खुकुरी तरबार र भाला लगायतका घरेलु हतियार साथमा लिई ज्यान मार्ने उद्देश्यले निर्घात रुपमा कुटपिट गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालले घटनामा संलग्न अन्य ४ जनालाई यस अघि नै पक्राउ गरि नियन्त्रणमा लिई अनुसन्धान भैरहेको खनालले बताउनु भयो। सोही अभियोगमा गुण्डा नाईके ‘सन्ते’ सहित उनका अन्य सहयोगीहरु २० वर्षिय प्रकाश बुढा तथा २० वर्षिय नविन थापा पनि पक्राउ परेका छन् । उनीसहितको समुहले नयाँ बस्ती थपुवाका द्धोय बि.क.लाई घरभित्रबाट लतार्दै बाहिर निकाली शरिरका संवेदनशिल भागमा धारिलो हतियार प्रहार गरेर मरासन्न अवस्थामा झाडिमा फालेर भागेको डिएसपी खनालले बताउनु भयो।

उहाका अनुसार घटनाका मुख्य नाइके ‘सन्ते’ सहित अन्य फरार रहेकोमा तीन जनालाई कोहलपुरबाट खटिएको सादा पोशाकको प्रहरी टोलिले सुर्खेतमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो । प्रहरी कार्यालय कोहलपुरबाट सादा पोषाकमा परीचालित प्रहरीको टोलीले विभिन्न सुराक, फोन कल लोकेशन समेतको माध्यम प्रयोग गरि भारत तथा नेपालका विभिन्न स्थानमा खोज तलास गरेको थियो । उनीहरुको कुटपिट पछि नाईके सन्ते विदेश जान भन्दै काठमाण्डौ समेत पुगेका थिए । प्रहरीले रिर्पाेटमा अपराधिक गतिविधिमा संलग्न देखिएपछि उनको भिसा समेत रद्ध भएको डिएसपी खनालले जानकारी दिए । अभियुक्तहरुको अनुसन्धान भैरहेको कोहलपुर प्रहरी प्रमुख डिएसपी खनालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]