०१ जेठ २०८१, मंगलबार
14-05-2024 , Tue
×

अस्पतालले बच्चा सातेको आरोप डिएनए टेस्टका लागि काठमाडौं पठाउने तयारी

Logo
प्रकाशित बिहिबार, भाद्र १०, २०७८

(ABC-Sanchar)
बाँके । नेपालगन्ज भेरी अस्पताल फेरी विवादित बनेको छ । यतिबेला भेरी अस्पतालमा बच्चा साटिएको आरोपमा पुन: बिवादित बन्न पुगेको छ ।

भेरी अस्पतालका लागि यो कुनै नौलो विवाद पनि होईन ! बेलाबखतमा नयाँ विवाद उत्पन्न भईरहेकै हुन्छ, यस्तो अस्पतालमा आउने सेवाग्राहीले बताउँछन् ।

अहिले भेरी अस्पतालमा ९ दिन अघि जन्मिएको बच्चालाई सिमलघारी निवासी गोबिन्द बि.क.को भदौ ९ गतेका दिनमा जन्मिएको बच्चा संग साटेर तपाईंको बच्चा मर्यो भनी बच्चाका आफन्तहरुलाई अस्पतालको प्रशासनले जिम्मा लगाएको पिडितको आरोप छ । बच्चालाई अन्तिम संस्कारका लागि बाँके—बर्दियाको सिमाना मानखोलाको किनारमा लैजादा बच्चाको हातमा गिता थारु नाम लखेको देखे पछि अस्पतालमा यतिबेला भने तनाव ग्रस्त अवस्था छ ।

भेरी अस्पतालमा भएको यो घटनाले अन्य स्वास्थ्यकर्मीहरुको क्षबिमा समेत प्रहार भएको र स्वास्थ्यकर्मि माथी पनि प्रश्न चिन्ह ? खडा भएको छ । उक्त घट्ना घटाउनु एउटा आमाको ममता माथी नै खेलवाड गरिएको पिडित आमाले बताएकी छन । पिडित आमा भक्कानिएर रुदै दोषी माथी हदँैसम्म कारबाहीको माग समेत गरकी छन ।

गएराती करिब १० बजे देखि १२ बजे सम्मको समयमा जिल्ला प्रहरी कार्यालयका एसपी स्याम कृष्ण अधिकारी र उक्त अस्पतालका सुपरिटेन्डेन्ट प्रकाश थापा, डाक्टर संकेत रिसाल लगायत अन्य स्वास्थ्य कर्मी र पीडित पक्षबीच वार्ता हुैदँगर्दा भेरी अस्पतालका भेरीका सुपरिटेन्डेन्ट प्रकाश थापाले मृत बच्चा माथी ट्याग लगाउने क्रममा अस्पतालमा कार्यरत स्टाफ नर्सबाट गलती भएको स्वीकार गरेका थिए भने मृत बच्चा कसको हो भनी हाल आफुहरुले डिएनए टेस्ट नगरे सम्म बताउन नसक्ने स्पष्ट पारेका छन ।

बिहान ८ बजे मृत बच्चालाई डिएनए टेस्टका लागि आफुहरुले काठमाडौं पठाउने र उक्त डिएनएको रिपोर्ट आइसकेपछि मात्र बच्चा कसको हो भन्ने थाहा हुने थापाले बताए ।

रातीको समयमा दोषीलाई कारबाहीको दायरामा ल्याउनु पर्ने आवाज उठेपछि प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीको कमान्डमा खटिएको प्रहरीले रातीको समयमा आफुहरुले दोषी माथी कारबाही गर्न नसकिने बताउदै दुई जनालाई अस्पतालमा कुर्वा बसिदिन र अन्य पीडितका आफन्तहरुलाई आआफ्नो घरमा जानलाई आग्रह गरेका थिए । घटना समाधान गर्न बिहिबार बिहान अस्पताल प्रशासन र विक दम्पत्ती बीच छलफल राखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]