१६ आश्विन २०८३, शुक्रबार
02-10-2026 , Fri
×

बाँकेमा एसपी अधिकारी आएको २ महिनामा १ करोड ४० लाख राजस्व फरार अपराधीहरु पक्राउ

Logo
प्रकाशित शनिबार, भाद्र १२, २०७८

ABC (क्राईमबिट)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा एसपी श्याम कृष्ण अधिकारी आएको २ महिनामा चोरी तस्करी नियन्त्रणमा १ करोड ४० लाख राजस्व राज्यलाई उपलब्ध भएको र दोषी नउम्कियोस् र निर्दोषले अनाहकमा कहिल्यै पनि सजाय नपाओस् भन्ने सोचका साथ काम गर्ने एसपी अधिकारीले बाँकेमा सक्रियता बढाएका छन् ।
नेपाल प्रहरीमा अब्बल प्रहरी अधिकारीको छवि बनाएका एसपी अधिकारीले बाँकेमा अपराधी पक्राउ गर्नेदेखि अन्य सफलता हासिल गर्ने प्रयासमा छन् ।
गलत कार्य गर्ने जो कोही भएपनि कसैलाई नछोड्ने एसपी अधिकारी बाँकेमा आएदेखि राम्रो कार्यको सुरुवात गर्दै आएका छन् । बाँके प्रहरी प्रमुखको कमाण्ड सम्हालेको दुई महिना नपुग्दै उनले अपराधीदेखि सजाय पाएर फरार अभियुक्तहरुलाई धमाधम पक्राउ गर्दै आएका छन् । एसपी अधिकारीले भारतबाट अवैध रुपमा बाँके ल्याउने तस्करीका सामाग्री बरामदका साथै तस्करहरुलाई समेत पक्राउ गर्दै आएका छन्
एसपी अधिकारीको कमान्डले बाँकेको कोहलपुर हत्या (बलाइन्ड मर्डर)जस्ता जघन्य अपराध गर्ने अपराधीलाई छोटो समयमै पत्ता लगाएर पक्राउ गर्न सफल भएका छन् । चाहे हतियारधारी अपराधी हुन् यात जंगली जनावरका अङ्ग तस्करहरु हुन् उनले हतियार र जनावरका अङ्ग सहित अपराधीलाई पक्राउ गर्न सफल बनेका छन् ।
एसपी अधिकारीले लागू औषध निस्तेज पार्न सबै प्रहरी कार्यालयलाई कडा आदेश दिएपश्चात् लागू औषध बरामद देखि कारोबारी र प्रयोगकर्ता धमाधम पक्राउ पर्दै आएका छन् । यतिमात्रै हैन, नेपालगन्जबाट चोरी भएका मोटरसाइकलहरु फेला पारी एसपी अधिकारीले सम्बन्धित सवारीधनीलाई बुझाउँदै आएका छन्।
आफ्नो कार्यकाल बाँकेलाई अपराध मुक्त पार्ने सोच बनाएका एसपी अधिकारीले भर्खरै मात्र सन्ते भन्ने बसन्त रावतसहित तीन जनालाई पक्राउ गर्न सफल भएका छन् । एसपी अधिकारी आएदेखी बाँकेमा अपराधी पक्राउ होस् चाहे अवैध सामाग्री बरामद होस् ,बाँके प्रहरीले हरदिन सफल काम गर्दै गएको छ।हाम्राकुराबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]