१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

बाँकेमा एसपी अधिकारी आएको २ महिनामा १ करोड ४० लाख राजस्व फरार अपराधीहरु पक्राउ

Logo
प्रकाशित शनिबार, भाद्र १२, २०७८

ABC (क्राईमबिट)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा एसपी श्याम कृष्ण अधिकारी आएको २ महिनामा चोरी तस्करी नियन्त्रणमा १ करोड ४० लाख राजस्व राज्यलाई उपलब्ध भएको र दोषी नउम्कियोस् र निर्दोषले अनाहकमा कहिल्यै पनि सजाय नपाओस् भन्ने सोचका साथ काम गर्ने एसपी अधिकारीले बाँकेमा सक्रियता बढाएका छन् ।
नेपाल प्रहरीमा अब्बल प्रहरी अधिकारीको छवि बनाएका एसपी अधिकारीले बाँकेमा अपराधी पक्राउ गर्नेदेखि अन्य सफलता हासिल गर्ने प्रयासमा छन् ।
गलत कार्य गर्ने जो कोही भएपनि कसैलाई नछोड्ने एसपी अधिकारी बाँकेमा आएदेखि राम्रो कार्यको सुरुवात गर्दै आएका छन् । बाँके प्रहरी प्रमुखको कमाण्ड सम्हालेको दुई महिना नपुग्दै उनले अपराधीदेखि सजाय पाएर फरार अभियुक्तहरुलाई धमाधम पक्राउ गर्दै आएका छन् । एसपी अधिकारीले भारतबाट अवैध रुपमा बाँके ल्याउने तस्करीका सामाग्री बरामदका साथै तस्करहरुलाई समेत पक्राउ गर्दै आएका छन्
एसपी अधिकारीको कमान्डले बाँकेको कोहलपुर हत्या (बलाइन्ड मर्डर)जस्ता जघन्य अपराध गर्ने अपराधीलाई छोटो समयमै पत्ता लगाएर पक्राउ गर्न सफल भएका छन् । चाहे हतियारधारी अपराधी हुन् यात जंगली जनावरका अङ्ग तस्करहरु हुन् उनले हतियार र जनावरका अङ्ग सहित अपराधीलाई पक्राउ गर्न सफल बनेका छन् ।
एसपी अधिकारीले लागू औषध निस्तेज पार्न सबै प्रहरी कार्यालयलाई कडा आदेश दिएपश्चात् लागू औषध बरामद देखि कारोबारी र प्रयोगकर्ता धमाधम पक्राउ पर्दै आएका छन् । यतिमात्रै हैन, नेपालगन्जबाट चोरी भएका मोटरसाइकलहरु फेला पारी एसपी अधिकारीले सम्बन्धित सवारीधनीलाई बुझाउँदै आएका छन्।
आफ्नो कार्यकाल बाँकेलाई अपराध मुक्त पार्ने सोच बनाएका एसपी अधिकारीले भर्खरै मात्र सन्ते भन्ने बसन्त रावतसहित तीन जनालाई पक्राउ गर्न सफल भएका छन् । एसपी अधिकारी आएदेखी बाँकेमा अपराधी पक्राउ होस् चाहे अवैध सामाग्री बरामद होस् ,बाँके प्रहरीले हरदिन सफल काम गर्दै गएको छ।हाम्राकुराबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!