१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

नेपालगन्जमा पुलिस र पत्रकारको नाम दुरुपयोग गरेर पैसा असुली गर्ने २ जना पक्राउ

Logo
प्रकाशित आइतबार, भाद्र १३, २०७८


ABC (क्राईमबिट)
बाँके । जिल्ला प्रहारी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलिले प्रहरी र पत्रकारको नाम दुरुपयोग गरेर पैसा असुली गर्ने २ जना पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका ८ बस्ने ३० वर्षीय अब्दुल जोलाहा र कैलाली धनगडी घर भएका हाल महेन्द्र बहुमुखी क्याम्पसको होस्टेलमा बस्ने २६ बर्षका महेशसिंह ऐरीलाई प्रहरीले पक्राउ गरेको हो ।

क्याम्पस नजिकै अटो रिक्सा रोकेर कहिले पुलिस कहिले पत्रकार भन्दै उनीहरुले असुली गर्दै आएका थिए । त्यही क्रममा जिल्ला प्रहरी बाँकेको टोलीले उनलाई पक्राउ गरेको हो । उनीहरु लागुपदार्थ दुव्र्यसनीकर्ता भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनीहरु यसअघि पनि पक्राउ परेका थिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको बाँके प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!