०२ जेठ २०८१, बुधबार
15-05-2024 , Wed
×

दाङमा गयराती कारलाई बाढिले बगाउँदा ४ जनाको मृत्यु उद्घारमा एसपी:काफ्ले

Logo
प्रकाशित बिहिबार, भाद्र १७, २०७८


(सागर थापा)
दाङ । गएराती पौने दश बजेकाे समयमा घाेराही लमही सडकखण्ड अन्तर्गत पर्ने सिस्नेखाेलाको बाढिले बगाएको हो । नेपालगंज बाट घाेराही जाँदै गरेकाे प्र ३ -०१-२४ च ४४४० नम्बरको कार सिस्ने खाेला क्रस गर्दै गर्दा खाेलामा आएकाे बाढिले बगाउँदा उनिहरुको मृत्यु भएको हो ।
कार चालक घोराही १५ निवासी वर्ष ४३ को नर बहादुर पुनलाई घटनास्थल  देखि १ किलोमिटर टाढा खाेलामा बगिहेकाे अबस्थामा दाङ प्रहरीले फेला पारी उद्दार गरेको थियो । पुनको खुट्टा भाँचिएको छ। उनको घोराहीमा उपचार भैरहेको छ ।

त्यस्तै कारमा सवार घोराही १३ निवासी वर्ष ३२ कि शुसिला श्रेष्ठ र १४ निवासी वर्ष २९ कि राधिका कुवरको मृत्यु भएको छ ।

दाङको सिस्नेखोलामा आएको बाढीले बगाउँदा घाेराही १३ बस्ने बर्ष ४० की रितामाया पुन र १४ बस्ने बर्ष ४० कि बिमला केसी बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेको कमान्डमा बेपत्ता भएकाहरुको शब प्रहरीले आज बिहान ३ बजे घोराही बेलुवा स्थित खोलाको किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]