२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

काठमाडौं बिमानस्थलबाट ७ सय ७० ग्राम सुनसहित एक पक्राउ

Logo
प्रकाशित शुक्रबार, भाद्र १८, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ७ सय ७० ग्राम सुनसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा डोल्पा ठुलो भेरी नगरपालिका-७ घर भएका ३३ वर्षीय बिष्णु बहादुर शाही रहेका छन् ।

बिहीबार साँझ फ्लाई दुबाईको विमानबाट आएका शाहीलाई विमानस्थल भन्सार कार्यालयको एक्सरेमा प्रहरीले जाँच गर्ने क्रममा लगेजभित्र ईमरजेन्सी लाईटमा लुकाई ल्याएको उक्त धातु सहित पक्राउ गरेको हो । साथै उक्त धातु लिन आएका स्याङ्जा पुतली बजार घर भएका ३८ वर्षीय भुपेन्द्र पौडेललाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!