१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

बाँकेमा एसपी अधिकारी आएदेखि नुनदेखि सुनसम्म धमाधम पक्राउ

Logo
प्रकाशित शुक्रबार, भाद्र १८, २०७८

(महेन्द्र सिंह)
बाँके। जिल्ला प्रहरी कार्यालय बाँकेमा नयाँ प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारी आएदेखी नुनदेखि सुनसम्म पक्राउ बिहीबार बाँके प्रहरीले ४ किलो सुनसहित दुई जना पक्राउ परेका छन् । उनीहरुलाई नेपालगन्जको राँझा विमानस्थलबाट पक्राउ गरिएको हो ।

दिउँसो सवा ३ वजे श्री एयरको विमानवाट काठमाण्डौ देखि आएका झापा खादुवानावारीका २६ वर्षका अमिर लगुन विश्वकर्मा र मोरंग लेटारका २६ बर्षकै वुद्धिमान खाती चार किलो बढी सुनसहित पक्राउ परेका हुन् ।

उनीहरुको गतिविधि शंकास्पद देखिएपछि विमास्थलको आगमन कक्ष वाहिर प्रहरीले रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा विश्वकर्माले लगाएको जुत्ताको दाँयाबाँया र दुई दुईवटा सुनको विस्कुट र खातीले लगाएको जुत्ताको तलुवामा एकएक पिस विस्कुट भेटिएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

गोप्य सूचनाको आधारमा नेपालगन्ज एर्पोट सुरक्षा प्रमुख सन्तोष शाहको कमान्डमा खटिएको प्रहरी टोलीले सुनको ६ थान विस्कुटको तौल ३ किलो ९९४ ग्राम रहेको फेला परेको हो । त्यस्तै खातीले बोकेको लेदरको कालो रंगको झोला चेकजाँच गर्दा तिलहरी वाला, गणेश लकेट ५ थानगरी २७. ४९ ग्राम गरि ४ किलो २१.४९ ग्राम सुन बरामद भएको एसपी अधिकारीले बताउनुभयो ।

यो सुन कहाँबाट कहाँ लगिदै थियो भन्नेबारे अझै केही नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद सुन र पक्राउ व्यक्तिलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाइने भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!