०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

दाङमा माछाको टोकाईबाट १ जनाको मृत्यु

Logo
प्रकाशित शनिबार, भाद्र १९, २०७८

(ABC-Sanchar)
दाङ । अढैया जातको माछाको टाउको मुखले टोके लगतै बेहोस भएका लमहीका एक ब्यक्तिको मृत्यु भएको छ ।
लमही नगरपालिका वडा नं. १ सुनडबरीका ४९ बर्षीय खिमबहादुर घर्तीले शनिबार दिउँसो स्थानीय कुलोमा बल्छी लगाएर तानेको अढैया जातको माछाको टाउको फटफटाउन थाले पछि आफ्नै मुखले टोकेका थिए ।

माछाको टाउको टोके लगत्तै घर्ती बेहोस भएपछि उनलाई उद्धार गरि लमही अस्पतालमा पु¥याएपनि चिकित्कसले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्लेले बताए ।

वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक राजन पौडेलले दिउँसो साढे ३ बजेतिर घर्तीलाई अस्पताल पु¥याउँदा मृत्यु भइसकेको बताए ।

घर्ती शनिबार दिउँसो श्रीमतिका साथ स्थानीय कुलोमा बल्छी लगाएर माछा मार्न गएका थिए । उनको बल्छीमा सर्प जस्तै देखिने झन्डै एक हात जति लामो अढैया जातको माछा परेपछि उनले बाहिर तानेका थिए । तर, माछा फटफटाउन थालेपछि घर्तीले माछाको टाउको आफ्नै मुखले टोकेर कच्याककुचुक पारेपछि उनी बेहोस भएको प्रहरी निरिक्षक पौडेलले बताए ।

उनी बेहोस हुनासाथ श्रीमतीले गाउँलेलाई बोलाएर तत्कालै श्रीमानलाई अस्पताल पु¥याएकी थिइन । ‘ अस्पताल ल्याउन झन्डै ४५ मिनेट जति लागेको अनुमान गरिएको छ,’ प्रहरी निरिक्षक पौडेलले भने ‘ त्यस बीचमा घर्तीको मृत्यु भइसकेको थियो ।’

प्रहरी निरिक्षक पौडेलले अनौंठो घटना घटेको भएपनि पोष्ट मार्टम रिपोर्ट नआउँदा सम्म घर्तीको मृत्युको कारण स्पष्ट भन्न नसकिने बताए ।

घर्तीलाई एकाएक हृदय घात भएको पनि हुन सक्ने वा उक्त अढैया जातको सर्पको टाउकोमा बिषपनि भएको हुन सक्ने आशंकाहरु गरिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) लन्डन । तपाईंले धेरै अनौठा कुराहरू देख्नु वा सुन्नु भएको होला तर के तपाईंलाई सुनले बनेको कुनै शौचालयको बारेमा थाहा छ? यदी थाहा छैन भने चार वर्षअघि अर्थात सन् २०१९ मा चर्चिलको दरबारमा रहेको सुनको शौचालयको बारेमा तपाईंले सुन्नु भएको होला, जुन रातारात चोरी भएको थियो। सन् २०१९ मा बेलायती युद्धकालका नेता विन्स्टन […]

  (ABC-Sanchar) काठमाडौं । उनले अस्ट्रेलियाको एडलेडमा आयोजित कन्सर्टमा दर्शकलाई माइक्रोफोनले हानेका हुन् । उनले दर्शकलाई माइक्रोफोनले हानेको भिडियो अहिले सामाजिक सञ्जाल, फेसबुक, टिकटकदेखि युट्युबसम्म भाइरल भएको छ । उक्त भिडियोका कारण उनलाई सकारात्मक, नकारात्मक प्रतिक्रिया दिनेको सङ्ख्या बढ्दो छ । भिडियो हेर्दा सुगम नसामा मातेको पनि देख्न सकिन्छ । भिडियोमा उनले स्टेजबाट एक पटक […]

  (ABC-Sanchar) काठमाडौं । नेपालको कानुन दैबले जानुन भनेको जस्तो भो आखिरमा कानून पनि हुने खाने को लागि मात्र रहेको छ सम्पन्न, पहुँच वालाहरुको मात्र रहेको छ यहा न्याय पाउनको लागि सत्तासीन मा रहेका नातेदार हुनु पर्छ । गणतन्त्र भनेको सीमित व्यक्तिको लागि मात्र रहेको बुझ्नु पर्छ नैतिकता विहिन,स्वभिमान मरी सकेका शासक रहने छन् तब […]