०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गणको ठुलो सफलता वन्यजन्तुको सालकसहित १ जना पक्राउ

Logo
प्रकाशित सोमबार, भाद्र २८, २०७८

 

(महेन्द्र सिंह)
बाँके । दुर्लभ वन्यजन्तु सालकको खपेटासहित नेपालगन्जको जयसपुरबाट सोमवार एकजना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरीबाट खटिएको टोलीले एक किलो चार सय ग्राम तौलसहित बर्दिया बारबर्दिया नगरपालिका–१ बनगईका २४ वर्षीय नहकुल थापामगरलाई पक्राउ गरिएको उक्त गणका सशस्त्र प्रहरी एसपि अशोक बमले जानकारी दिए । 
उक्त सालक भारत तस्करी गर्ने क्रममा सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद गरिएको सालक र  व्यक्तिलाई डिभिजन वन कार्यालय नेपालगञ्जको जिम्मा लगाइएको सशस्त्रले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]