१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

लागुऔषध चरेस विदेश निर्यात गर्ने ९ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, आश्विन ०५, २०७८

 

काठमाडौं । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले लागुऔषध विदेश निर्यात गर्ने गिरोहलाई चरेस,  लुकाउन प्रयोग गरिने हेन्डीक्राफ्टका सामानसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा म्याग्दीका ३६ वर्षीय श्यामप्रसाद रोका, ३५ वर्षीय वीरबहादुर रोकामगर, ४४ वर्षीय दिलबहादुर रोका, धादिङका ३३ वर्षीय अनिलबहादुर घले, २८ वर्षीय सुनबहादुर गुरुङ, २८ वर्षीय जितबहादुर तामाङ, ३६ वर्षीय कृष्णबहादुर तामाङ, नुवाकोटका ५२ वर्षीय सेसे भन्ने उर्पा तामाङ र ३४ वर्षीय वीरबहादुर तामाङ रहेका छन्।

कतार एयरवेजबाट भदौ २१ गते बिहान दोहा जान लागेका श्यामप्रसाद रोका र वीरबहादुर रोकामगरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट चार किलोग्राम ३५ ग्राम लागुऔषध चरेससहित पक्राउ गरी प्रारम्भिक अनुसन्धानका क्रममा उक्त कारोबारमा संलग्न दिलबहादुर रोका, अनिलबहादुर घले, सुनबहादुर गुरुङ, जितबहादुर तामाङ र कृष्णबहादुर तामाङ समेतलाई पक्राउ गरेको ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।

साथै कतार पठाउन चरेस दिने उर्पा तामाङलाई काठमाडौँ सामाखुशीबाट पक्राउ गरी उनको कोठाबाट २३ थान हेन्डीक्राफ्ट र १६ थान डायरीमा लुकाई विदेश पठाउन तयारी राखेको चरेस तीन किलोग्राम ५७९ ग्राम, चरेसको पाता बनाउनको लागि प्रयोग गरिने औजारलगायतका सामानसमेत बरामद गरी उनीसँग चरेसको कारोबारमा संलग्न वीरबहादुर तामाङलाई भदौ ३० गते नुवाकोट विदुर नगरपालिका–९ बाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ।

उर्पा तामाङ र वीरबहादुर तामाङले भारतीय नागरिकको संलग्नतामा भारत हुँदै हङकङ, थाइल्याण्ड, टर्कीलगायतका देशमा चरेस निकासी गर्दै आएको र पछिल्लो समय लागुऔषध मेथामफेटामाइनको धन्दासमेत गर्ने तयारी गरिरहेको तथा उर्पा तामाङ विसं २०५४ मा लागुऔषध हेरोइनसहित पक्राउ परी १९ वर्ष जेल सजाय भुक्तान गरी विसं २०७३ मा रिहा भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीहरुलाई लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता श्रेष्ठले बताए। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!