०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

मुगुमा बस दुर्घटना २३ जनाको मृत्यु दर्जनौं गम्भीर घाइते

Logo
प्रकाशित मंगलबार, आश्विन २६, २०७८

(ABC-Sanchar)
मुगु । छायानाथ रारा नगरपालिकास्थित पर्चानी खोलामा दुर्घटना भएको बसमा अहिले २३ जनाको शव फेला परेको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

दुर्घटनामा धेरै जना घाइते भएका छन् । घाइतेलाई विमानस्थलमा ल्याएका छौं र कतिपयलाई उद्दार गरिरहेका छौं, हामीले प्लेन र हेलिकप्टर मगाएका छौं’ उनले भने ।

बस क्षतविक्षत् अवस्थामा छ। २३ जनाको मृत्यु भएको छ’, प्रजिअले भने।
आज दिउँसो भे १ ख ३१६७ नम्बरको बस सुर्खेतबाट मुगुको सदरमुकाम गमगढी जादै गरेको बस छायानाथ रारा नगरपालिकास्थित पर्चानी खोलामा दुर्घटना भएको हो। दुर्घटना स्थलमा उद्दार कार्य जारी रहेको छ। घटनास्थलमा ठुलो संख्यामा नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दा उद्वारका लागि तैनाथ रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]

(एबिसि संचार ) जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको मृत्यु भएको बैतडी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले पुष्टि गर्दै परिचय नखुलेका ट्र्याक्टर […]