१६ आश्विन २०८३, शुक्रबार
02-10-2026 , Fri
×

कञ्चनपुरबाट सशस्त्र प्रहरी बलले लागुऔषधसहित २ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, कार्तिक २५, २०७८

(सर्मिला बोगटी)
धनगढी । कञ्चनपुरबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन। सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वाटर शैलेश्वरी मातहत रहेको फर्वाड वेश बैशाखाबाट खटीएको टोलीले जिल्लाको बेलौरी न।पा।६ दुम्ली बस्ने अन्दाजी २२ वर्षिय कैलाश थापा र सोही ठाउँका अन्दाजी २० वर्षिय लक्ष्मण रानालाई नाईट्रभेट १० का ३३ ट्याब्लेट सहित पक्राउ गरेको हो ।

गस्ती गर्ने क्रममा बैशाखा सीमा ईलाकाबाट नेपालतर्फ आउदै गरेको म २ प २९४४ नं को मोटरसाईकलमा सवार उनिहरुलाई शंका लागी चेकँजाँच गर्दा उनिहरुको साथबाट नाईट्राभेट सहित १ थान मोबाईल, चाँदीको सिक्रि १ वटा, चाँदीको औठी १ वटा र बुफर एउटा बरामद गरिएको सशस्त्र हेडक्वाटर शैलेश्वरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]