१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

बर्दिया प्रहरीले ब्राउन सुगरसहित ३ जना युवकहरु पक्राउ

Logo
प्रकाशित बुधबार, मंसिर १५, २०७८

(महेन्द्र सिंह)
बर्दिया । लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मंगलवार मधुवन नगरपालिका ५ वाट एक भारतीय नागरिक र बढैयाताल गाउँपालिका ७ बाट २ जना गरी तीनजना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले मधुवन नगरपालिका ५ मा बहराईच जिल्ला मिहीपुरुवा सुजौली थाना फकिरपुर बस्ने बर्ष २२ को रोहित कुमार गुप्तालाई पक्राउ गरीएको थियो । ईलाका प्रहरी कार्यालय ढोढरी र लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले गुप्तालाई शंका लागी रोकी खानतलासी गर्दा १८ ग्राम ७६० मिलि ग्राम लागु औषध (ब्राउनसुगर) सहित पक्राउ गरेको बर्दिया प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका गुप्ता लागु औषध (ब्राउन सुगर) को कारोबारी रहेको भन्ने बुझिएको शाहीको भनाई छ ।
त्यस्तै ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको सयुक्त प्रहरी टोलीले बढैयाताल ७ कर्णालीपुर स्थित फुटाह–कण्ठपुर सडकमा रहेको कर्णालीपुलमा
शंकास्पद रुपमा बसिरहेको अवस्थामा २ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बढैयाताल २ सितापुरका २२ बर्षिय प्रदिप सुनार र २१ बर्षिय बिशाल सिंह ठकुरी रहेका छन । उनीहरुको शरिर खानतलासी गर्दा ९६० मिलि ग्राम लागु औषध (ब्राउनसुगर) फेला परेकोले उक्त लागु औषध सहित नियन्त्रणमा लिई बर्दिया जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान कार्य अगाडी बढाइएको बर्दिया प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!