१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

नेपाल सरकारले दक्षिण अफ्रिका हङकङ सहित ९ देशबाट नेपाल आउलेलाई रोक

Logo
प्रकाशित शुक्रबार, मंसिर १७, २०७८


(ABC-Sanchar)
काठमाडौं । नेपाल सरकारले दक्षिण अफ्रिका हङकङसहित ९ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरुलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।एक मन्त्रीका अनुसार उनीहरुलाई शुक्रबार राति १२ बजेदेखि नेपाल प्रवेशको अनुमति नदिने निर्णय भएको छ । हाल ती मुलुकबाट नेपालतर्फ आउँदै गर्दा बाटोमा रहेका यात्रुले भने अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ ।

ती देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएकाले नेपाल प्रवेशमा कडाइ गरिएको हो । संक्रमणको जोखिम भएका मुलुकबाट आउने यात्रुलाई अन अराइभल भिसा नदिने निर्णय भएको एक मन्त्रीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!