०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

जमुनाहा प्रहरीले भित्री बस्त्रमा लुकाएर ल्याएको ब्राउन सुगरसहित २ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, मंसिर २८, २०७८

ABC (क्राईमबिट)
बाँके । नेपाल भारत सीमानामा रहेको जमुनाह प्रहरी र लागु औषध व्युरोको टोलीले भारतबाट पेन्टी र जुत्ताभित्र लुकाएर भारतबाट ल्याउँदै गरेको ५५ ग्राम लागु औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
मंगलवार बेलुकी साढे ६ बजे नेपालगञ्ज १५ जमुनाह चेकपोष्टबाट भारतबाट नेपाल छिरि रहेका दांग जिल्ला तुलसीपुर १५ बस्ने गौरव बुढाथोकी र बाँके राप्तीसोनारी १ बस्ने सुवास विकको खान तलाशी गर्दा बुढाथोकीले पेन्टीभित्र लुकाई राखेको २ पोका भित्रको ४८ ग्राम र विकले जुत्ताभित्र लुकाई राखेको ७ ग्राम गरि ५५ ग्राम लागु औषधसहित दुबैजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसअघि पनि प्रहरीले पटक पटक सो नाकाबाट ब्राउन सुगर नियन्त्रणमा लिंदै आएको छ । लागु पदार्थको कारोबार गर्नेहरुले नयाँ नयाँ तरिकाको प्रयोग गरेर भित्रयाउँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ। जिल्ला अदालत काठमाडौँले गरेको फैसला उल्टाउँदै उच्चले उनलाई सफाइ दिएको […]

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]