२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

जमुनाहा प्रहरीले भित्री बस्त्रमा लुकाएर ल्याएको ब्राउन सुगरसहित २ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, मंसिर २८, २०७८

ABC (क्राईमबिट)
बाँके । नेपाल भारत सीमानामा रहेको जमुनाह प्रहरी र लागु औषध व्युरोको टोलीले भारतबाट पेन्टी र जुत्ताभित्र लुकाएर भारतबाट ल्याउँदै गरेको ५५ ग्राम लागु औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
मंगलवार बेलुकी साढे ६ बजे नेपालगञ्ज १५ जमुनाह चेकपोष्टबाट भारतबाट नेपाल छिरि रहेका दांग जिल्ला तुलसीपुर १५ बस्ने गौरव बुढाथोकी र बाँके राप्तीसोनारी १ बस्ने सुवास विकको खान तलाशी गर्दा बुढाथोकीले पेन्टीभित्र लुकाई राखेको २ पोका भित्रको ४८ ग्राम र विकले जुत्ताभित्र लुकाई राखेको ७ ग्राम गरि ५५ ग्राम लागु औषधसहित दुबैजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसअघि पनि प्रहरीले पटक पटक सो नाकाबाट ब्राउन सुगर नियन्त्रणमा लिंदै आएको छ । लागु पदार्थको कारोबार गर्नेहरुले नयाँ नयाँ तरिकाको प्रयोग गरेर भित्रयाउँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!