०३ जेठ २०८१, बिहिबार
16-05-2024 , Thu
×

कोहलपुर डिएसपी खनालको सक्रियतामा युवामाथि तरवार प्रहार गर्ने २ जना युवा पक्राउ

Logo
प्रकाशित बिहिबार, पुष ०१, २०७८


ABC (क्राईमबिट)
बाँके । कोहलपुरबाट ४ महिनाअघि बाँकेको कोहलपुरमा दुई युवालाई खुँडा र तरवार प्रहार गरेको आरोपमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा १५ वर्षीय बालक रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

यसअघि कोहलपुर–१० बिद्यानगरका २२ वर्षीय विनय चन्द पक्राउ परिसकेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डीएसपी रबिन्द्र खनालले जानकारी दिनुभएको छ ।

पक्राउ परेका दुवैजनालाई कोहलपुर प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो । उनीहरुले गत भदौ १३ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर अगाडि कोहलपुर–५ का १९ वर्षीय प्रदीप राना क्षेत्री र २६ वर्षीय विशाल भन्ने कविराज केसीलाई धारिलो हतियारले हानेर घाइते बनाएका थिए ।
दुवैजनालाई धारिलो हतियार खुँडा र तरवारसमेत प्रहार गरेर गम्भीर घाइते बनाएको आरोपमा पक्राउ गरिएको डीएसपी खनालले जानकारी दिए । पक्राउ परेका बालक र चन्दविरुद्ध डिलसरा रोका क्षेत्री र कविराज केसीले ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दरखास्त दिएका छन् । अनुसन्धानका क्रममा कुलिन भन्ने अविनाश राना सञ्चालक रहेको केआर कन्ट्रक्सनको नाममा रहेको लु७६प २५२९ नम्बरको मोटरसाइकल घटनामा प्रयोग भएको देखिएको प्रहरीले जनाएको छ ।
किटानी जाहेरी परेका कुलिन भने फरार रहेकोले खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ। जिल्ला अदालत काठमाडौँले गरेको फैसला उल्टाउँदै उच्चले उनलाई सफाइ दिएको […]

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]