१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

दाङका एसपि सुरेश काफ्लेले जन्म दिन मनाउने क्रममा देखासिखी नगर्न अनुरोध

Logo
प्रकाशित मंगलबार, पुष २०, २०७८

ABC (क्राईमबिट)
दाङ । घोराहीका १७ गुलरियाका २१ वर्षीय गणेश पौडेलको मृत्यु-प्रकरणमा १६ जना प्रतिवादीमध्ये केही साधारण तारेखमा र केही धरौटीमा छुटेका छन्।
दाङ जिल्ला अदालतले नवीन गिरीलाई एक लाख ५० हजार रुपैयाँ र अजय न्यौपाने, नयन गौतम, हिमाल थापा, मनिष सेजवाल र लंकबहादुर बुढाथोकीलाई जनही ५० हजार रुपैयाँ धरौटीमा पुर्पक्षमा लागि छोड्न आदेश दिएको छ।
त्यस्तै, आर्यन केसी र विकास भण्डारीलाई साधारण तारेखमा छोड्न आदेश भएको छ।
अन्य आठ जना नाबालक रहेको हुँदा मुद्दा पुर्पक्षका लागि अभिभावकको जिम्मा लगाउन आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्र शर्माले बताए।
मुद्दा फैसला हुन बाँकी रहेको र साक्षी बयानपछि अभियोग ठहर भएमा सोही बमोजिम हुने गरी पुर्पक्षका लागि कसैलाई धरौटीमा, कसैलाई साधारण तारेखमा र नाबालकहरूलाई अभिभावकको जिम्मा लगाउन आइतबार आदेश भएको सूचना अधिकारी शर्माले बताए।

दाङका एसपि काफ्लेको अभिभाबकलाई सुझाब : जन्म दिन मनाउने बहानामा बढ्दो देखासिकी तथा फजुल खर्च रोक्न सबै लागौ!
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले साथीको जन्मदिन मनाउन होटलमा गएका पौडेल मदिरा सवेन पछि छतबाट लडेर अचेत भएपछि अन्य साथीहरूले समयमै खबर गर्ने तथा अस्पताल पुर्‍याउने जिम्मेवारी पूरा गर्नुको सट्टा लापरबाही गरेको कुरा अनुसन्धानबाट खुल्न आएको बताएका थिए।
‘लडेर अचेत अवस्थाका व्यक्तिलाई मध्यरातमा नुहाइ दिएर होटलमै सुताउनु र कसैलाई पनि खबर नगर्नु भनेको मृत्युको लागि छोड्नुजस्तै देखियो,’ एसपी काफ्लेले भने, ‘अर्को दिन बिहानसम्म पनि अचेत व्यक्तिका बारेमा दिउँसोमात्रै घर परिवारलाई खबर गर्नु ठूलो लापरबाही मान्न सकिन्छ।’
उनले पछिल्लो समय होटलमा गएर जन्मदिन मनाउने तथा मदिरा सेवन गर्नेजस्तो गलत प्रचलनले गर्दा यस्ता दुःखद घटना हुन थालेको हुँदा सबै अभिभावक सजग रहनु पर्ने तर्क गरे।
‘एकातिर पैसाको नाश अर्कोतर्फ जीवन बर्बाद हुन थालेको छ,’ एसपी काफ्लेले भने, ‘जन्म दिन मनाउने बहानामा बढ्दो देखासिकी तथा फजुल खर्च रोक्न समाजका सबै जिम्मेवार व्यक्तिहरू लाग्न जरूरी छ।’घटना मंसिर १७ गते रातिको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]