१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

बाँकेमा एमसिसिको बिरोधमा बन्दकर्ताले कृषि मन्त्रालयको गाडीमा तोडफोड

Logo
प्रकाशित बुधबार, फाल्गुण ०४, २०७८


(ABC-Sanchar)
बाँके । बैजनाथ गाउँपालिकाको बनकटवा चोकमा सुदुरपश्चिम प्रदेशको कृषि मन्त्रालयको गाडीमा बन्दकर्ताले तोडफोड गरेको हुन् । विहान साढे ५ बजेतिर सुदुरपश्चिम प्रदेश ००१ झ ४०१ नम्बरको कृषि मन्त्रालयको गाडीमा तोडफोड गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले बताए । बाँकेमा नेपाल बन्दको प्रभाव यातायात सेवा र शिक्षण संस्थामा परेको छ । एमसीसीको विरोधमा ६ वटा राजनीतिक दलले गरेको बन्दका कारण यातायात सेवा र शिक्षण संस्था पूर्णरुपमा प्रभावित भएका हुन् । बजारमा पसलहरु भने छिटफुटरुपमा खुलेका छन् । बजार क्षेत्रभित्र मोटरसाइकल चलेका छन् । तर, यातायात सेवा बन्द छ । शिक्षण संस्था पनि ठप्प छन् ।

यसैबीच बन्द गराउँदै हिंडेका तीन जना बन्दकर्ता नेपालगञ्जबाट पक्राउ परेको प्रहरीले जनाएको छ । विभिन्न चोक चोकमा आज बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ । राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदनको तयारी भइरहेको भन्दै ६ दलीय मोर्चाले बुधबार नेपाल बन्द आह्वान गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]