१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

बाँकेमा एमसिसिको बिरोधमा बन्दकर्ताले कृषि मन्त्रालयको गाडीमा तोडफोड

Logo
प्रकाशित बुधबार, फाल्गुण ०४, २०७८


(ABC-Sanchar)
बाँके । बैजनाथ गाउँपालिकाको बनकटवा चोकमा सुदुरपश्चिम प्रदेशको कृषि मन्त्रालयको गाडीमा बन्दकर्ताले तोडफोड गरेको हुन् । विहान साढे ५ बजेतिर सुदुरपश्चिम प्रदेश ००१ झ ४०१ नम्बरको कृषि मन्त्रालयको गाडीमा तोडफोड गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले बताए । बाँकेमा नेपाल बन्दको प्रभाव यातायात सेवा र शिक्षण संस्थामा परेको छ । एमसीसीको विरोधमा ६ वटा राजनीतिक दलले गरेको बन्दका कारण यातायात सेवा र शिक्षण संस्था पूर्णरुपमा प्रभावित भएका हुन् । बजारमा पसलहरु भने छिटफुटरुपमा खुलेका छन् । बजार क्षेत्रभित्र मोटरसाइकल चलेका छन् । तर, यातायात सेवा बन्द छ । शिक्षण संस्था पनि ठप्प छन् ।

यसैबीच बन्द गराउँदै हिंडेका तीन जना बन्दकर्ता नेपालगञ्जबाट पक्राउ परेको प्रहरीले जनाएको छ । विभिन्न चोक चोकमा आज बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ । राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदनको तयारी भइरहेको भन्दै ६ दलीय मोर्चाले बुधबार नेपाल बन्द आह्वान गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]