२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

काठमाडौंमा फेला विस्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु निष्क्रिय पार्दै सेना

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०६, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । कालिका पेट्रोल पम्प नजिक आज बिहान भेटिएको दुई वटा शंकास्पद वस्तुको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो । उक्त ठाउँमा तार जोडेर खतरा लेखिएका दुई वटा प्रेसर कुकर भेटिएका थिए ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीका अनुसार ती वस्तु नक्कली बम रहेको छ । ‘तार जोडेर खतरा लेखिएका दुई वटा प्रेसर कुकर भेटिएका थिए । ती वस्तु होक्स (Hoax) रहेछन्,’ एसपी मैनालीले भनेका छन् ।
बम जस्तो देखिएकाले स्थानीय आतंकित थिए । नेपाली सेनाको टोलीले निष्कृय नपारुन्जेल सो सडकखण्डमा यातायात सेवा बन्द गरिएको थियो । अहिले सो क्षेत्रको जनजीवन सामान्य छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!