२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

दाङ प्रहरीले प्रतिबन्धित वन्यजन्तु रेडपान्डाको छालासहित ३ जना पक्राउ

Logo
प्रकाशित शनिबार, फाल्गुण १४, २०७८


(सागर थापा)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले केही व्यक्तिहरुले प्रतिबन्धित दुर्लभ वन्यजन्तु ओखेटो पहार रेडपाण्डाको छाला ठुलो मात्रामा हिमाली क्षेत्रबाट ल्याई बिक्री बितरणका लागि दाङ जिल्ला हुँदै काठमाण्डौं तिर लैजादै गरेको भन्ने विशेष सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय भालुवाङ दाङको संयुक्त प्रहरी टोलीले हिजो बेलुकी पक्राउ गरेको हो ।

राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ–प्यूठान सडक खण्डमा चेकजाँच गर्ने क्रममा प्रतिबन्धित दुर्लभ बन्यजन्तु रेडपाण्डाको पाँच थान छाला सहित पक्राउ गरि घटना अनुसन्धान अघि बढाएको आज पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ ।

छाला सहित पक्राउ पर्ने गिरोहहरु सबै रोल्पाका हुन् । रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नंम्बर ७ बस्ने वर्ष ३२ का राम बहादुर थापा, लुङग्री गाउँपालिका वडा नम्बर ३ बस्ने वर्ष २० का रुपक खडका र सुनछहरी गाउँपालिका वडा नम्बर ७ बस्ने वर्ष १९ का राम कुमार पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुले हिमाली क्षेत्रबाट कसैसँग कारोबार गरि अन्यत्र लैजाँदै गरेको बुझिएको छ । लोपोन्मुख हुन लागेको रेडपान्डा यति ठूलो परिमाणमा मारिनु भनेको यसको अस्तित्व नै थप संकटमा पर्ने अवस्थामा पुगेको उहाँले बताउनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]

error: Content is protected !!