१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

दाङ प्रहरीले प्रतिबन्धित वन्यजन्तु रेडपान्डाको छालासहित ३ जना पक्राउ

Logo
प्रकाशित शनिबार, फाल्गुण १४, २०७८


(सागर थापा)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले केही व्यक्तिहरुले प्रतिबन्धित दुर्लभ वन्यजन्तु ओखेटो पहार रेडपाण्डाको छाला ठुलो मात्रामा हिमाली क्षेत्रबाट ल्याई बिक्री बितरणका लागि दाङ जिल्ला हुँदै काठमाण्डौं तिर लैजादै गरेको भन्ने विशेष सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय भालुवाङ दाङको संयुक्त प्रहरी टोलीले हिजो बेलुकी पक्राउ गरेको हो ।

राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ–प्यूठान सडक खण्डमा चेकजाँच गर्ने क्रममा प्रतिबन्धित दुर्लभ बन्यजन्तु रेडपाण्डाको पाँच थान छाला सहित पक्राउ गरि घटना अनुसन्धान अघि बढाएको आज पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ ।

छाला सहित पक्राउ पर्ने गिरोहहरु सबै रोल्पाका हुन् । रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नंम्बर ७ बस्ने वर्ष ३२ का राम बहादुर थापा, लुङग्री गाउँपालिका वडा नम्बर ३ बस्ने वर्ष २० का रुपक खडका र सुनछहरी गाउँपालिका वडा नम्बर ७ बस्ने वर्ष १९ का राम कुमार पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुले हिमाली क्षेत्रबाट कसैसँग कारोबार गरि अन्यत्र लैजाँदै गरेको बुझिएको छ । लोपोन्मुख हुन लागेको रेडपान्डा यति ठूलो परिमाणमा मारिनु भनेको यसको अस्तित्व नै थप संकटमा पर्ने अवस्थामा पुगेको उहाँले बताउनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!