३० बैशाख २०८१, आइतबार
12-05-2024 , Sun
×

एमसिसी पारित विरुद्धमा ६ दलको सोमबार नेपाल बन्दको घोषणा

Logo
प्रकाशित सोमबार, फाल्गुण १६, २०७८


(ABC-Sanchar)
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका राजनीतिक दलहरुले एमसिसी सम्झौताको बिरोधमा फागुन १६ गते नेपाल बन्दको घोषणा गरेका छन् ।आजै प्रतिनिधिसभाबाट पास गर्न लागिएको अमेरिकी सहयोग परियोजना ‘एमसिसी’ को बिरोधमा विप्लव नेकपा सहितका ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाद्धारा फागुन १६ गते सोमबार नेपाल बन्दको घोषणा गरेका हुन् ।

आईतबार ६ कम्युनिस्ट पार्टी र २ मोर्चाको बैठकले साझ एमसिसीको बिरोधमा आज मशाल जुलुस र सोमवार नेपाल बन्दको कार्यक्रमको घोषणा गरिएको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चिरन पुनले जानकारी दिए ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा, चित्र बहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी लगायतका पार्टीहरुले एमसिसी हिरोधमा काठमाडौं लगायत देशभर संघर्ष गर्दै आइरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]