१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

बाँकेको खजुरामा भेटियो कुकुर बम राजमार्ग सडक अबरुद्ध

Logo
प्रकाशित मंगलबार, फाल्गुण १७, २०७८

(ABC-Sanchar) बाँके । खजुरा गाउँपालिकाको मुख्य बजारमा प्रेसर कुकुर बमजस्तो शंकास्पद बस्तु फेला परेको छ। खजुरा वडा नम्बर ३ स्थित पृथ्वी चोक अगाडी प्रेसर कुकुर बम जस्तो देखिने बस्तु राखिएको जिल्ला प्रहरी बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिएका छन् । स्थानीयहरुले आज बिहान पृथ्वी चोकमा प्रेसर कुकुर बेरिएर राखिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले प्रहरीले त्यस स्थानलाई घेराबन्दी गरेको छ भने नेपालगन्जको राझाँबाट नेपाली सेनाको बम डिस्पोजल टोलीले त्यस तर्फ जाँदै गरेको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन् । प्रेसर कुकुर बेरिएर राखिएको हुँदा त्यो बस्तु बम हुन सक्ने जिल्ला प्रहरी बाँकेले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]