१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

बाँकेको खजुरामा भेटियो कुकुर बम राजमार्ग सडक अबरुद्ध

Logo
प्रकाशित मंगलबार, फाल्गुण १७, २०७८

(ABC-Sanchar) बाँके । खजुरा गाउँपालिकाको मुख्य बजारमा प्रेसर कुकुर बमजस्तो शंकास्पद बस्तु फेला परेको छ। खजुरा वडा नम्बर ३ स्थित पृथ्वी चोक अगाडी प्रेसर कुकुर बम जस्तो देखिने बस्तु राखिएको जिल्ला प्रहरी बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिएका छन् । स्थानीयहरुले आज बिहान पृथ्वी चोकमा प्रेसर कुकुर बेरिएर राखिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले प्रहरीले त्यस स्थानलाई घेराबन्दी गरेको छ भने नेपालगन्जको राझाँबाट नेपाली सेनाको बम डिस्पोजल टोलीले त्यस तर्फ जाँदै गरेको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन् । प्रेसर कुकुर बेरिएर राखिएको हुँदा त्यो बस्तु बम हुन सक्ने जिल्ला प्रहरी बाँकेले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!