२९ बैशाख २०८१, शनिबार
11-05-2024 , Sat
×

निर्वाचनको मुखैमा नेपाल प्रहरीको प्रमुख फेरिदैं आईजिपीमा धिरज प्रताप सिंहको चर्चा

Logo
प्रकाशित बुधबार, फाल्गुण १८, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । अहिले आईजिपीको ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी छन् । तीमध्ये ३ जना आईजीपी शैलेश थापा क्षेत्रीसँगै अवकाशमा जान्छन् । उनीहरुको अवकाशपछि विश्वराज पोखरेल र सहकुल थापा आईजीपी हुने प्रतिस्पर्धामा छन् ।केपी शर्मा ओली नेतृत्वको सरकारले ०७७ मंसिरमा विश्वराज पोखरेललाई नयाँ दरबन्दी सिर्जना गरेर एआईजीमा बढुवा गरेको थियो । त्यसपछि उनी भावी महानिरीक्षकका एकल दावेदार भए। तर, नेकपा (एमाले)को अर्को समूहले असन्तुष्टि जनाएपछि सहकुल थापालाई पनि नयाँ दरबन्दी थपेर ०७८ असार २४ मा एआईजीमा बढुवा गरियो। यो सँगै आइजिपीको लाईनमा दुई जनाको प्रतिस्पर्धा देखियो।
दुवै एआईजी हालको गठबन्धनका रोजाइका ब्यक्ति भने होइनन्। तर अहिलेसम्म विकल्प पनि छैन। विश्वराज पोख्रेलले इश्वर पोखरेलसँग नाता जोडेर एमाले नेतृत्वको पनि मन जिते। भर्ना भएदेखि नै खासै अगाडि आउन नसकेका उनी एसएसपीबाट अपत्यारिलो पारामा अगाडि लागे। डीआईजीमा पनि एकल बढुवा भए। हालका आईजीपी थापाको ब्याचका वैकल्पिक पोख्रेलले १० महिनापहिले भर्ना भएको टोलीलाई समेत उछिने। अहिले कांग्रेससँग निकट रहेका पोख्रेल भावी आईजीपीका सबैभन्दा बलिया उम्मेदवार हुन्। उनी थापाभन्दा करिव एक वर्ष पहिले नै एआईजी भएकाले पनि उनको सम्भावना बलियो छ। तर सरकारले एआईजीमध्येबाट आईजीपी नियुक्त गर्न सक्ने व्यवस्थाका कारण पोख्रेल नै निर्विकल्प भने होइनन्। भर्ना हुँदैदेखिका एक नम्बर डीआईजी धिरजप्रताप सिंह सम्भावित उम्मेदवार हुन्। उनी हाल डीआईजीमै छन्।

देउवा नेतृत्वको सरकारले विश्वराज र सहकुल थापाको विकल्प खोज्न एआईजीका ३ वटा पद थपेर वढुवा गर्ने तयारी थालेको छ। प्रहरी महानिरीक्षक शैलेश थापाका ब्याचमेटहरु सिनियर डिआईजी छन् । तर, ओली सरकारले दुईजना जुनियरलाई एआईजी बनाएपछि सरकार परिवर्तन भयो । त्यसपछि वनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले ओली सरकारको निर्णयले पछि परेकालाई अगाडि ल्याउने तयारी थालेको जनाईएको छ। एआईजीको दरबन्दी थप्नुपर्ने राय सहितको संगठनात्मक स्वरुप निर्धारण (ओएण्डएम) गृह मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरेको छ । जानकारी अनुसार अब बस्ने मन्त्रिपिरषद्ले सो ओएण्डएम स्विकृत गर्ने तयारी छ ।एआईजीको दरबन्दी थपेर प्रहरी नायव महानिरीक्षक (डिआईजी) धिरजप्रताप सिंह सहितका दाबेदारहरुलाई एआईजीमा बढुवा गर्ने सरकारको तयारी छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार धीरजप्रताप सिंहलाई एआईजी बनाएर शैलेश थापाको अवकाशपछि प्रहरीको कमाण्ड सुम्पिनेबारे उच्च तहमा छलफल भएको छ ।

दुईजना सिनियर एआईजी हुँदाहुँदै पनि तेस्रो अफिसरलाई एआईजीमा बढुवा गरेर आईजीपी बनाउन कानुनले रोकेको छैन। प्रहरी नियमावली–२०७१ को नियम ४१ अनुसार एआईजी मध्येबाट सरकारले चाहेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक नियुक्त गर्न सक्नेछ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता र उत्तरदायित्व वहन गर्न सक्ने क्षमता भएको उम्मेदवारलाई बढुवा गर्नुपर्नेछ नियमावलीमा उल्लेख छ।

अब्बल प्रहरीका सुप्रबल अधिकृत
२०४९ साल चैत्र ११ गते प्रहरी निरीक्षक वनेका सिंह कार्यकुसलताका हिसावले अब्बल प्रहरी अधिकृत हुन । नेताको स्वार्थ वाझिएका कारण पछि परेपनि उनी अरुभन्दा सिनियर पनि हुन । उनले हरेक पदमा रहँदा आफनो कार्यकुशलता प्रस्तुत गरेका छन् । एसएसपी हुँदा प्रहरीको मनोवल खस्किएको समयमा उनले प्रहरीको अपराध महाशाखाको कमाण्ड सम्हाले । त्यतिबेला महाशाखामा काम गर्न त्यति सजिलो थिएन। ३३ किलो सुन प्रकरणमा दिवेश लोहनीसहित अन्य दुई प्रहरी अधिकारि पनि निलम्बनमै परे । त्यसपछि महाशाखा हाजिर भएका थिए एसएसपी धिरज प्रताप सिंह। महाशाखामा कार्यरत धेरै प्रहरीको मनोबल घटेको बेलामा उनीहरुको मनोबल उच्च राख्दै काम गराउँनु सिंहको पहिलो चुनौती थियो।

घैंटे इन्काउण्टर पछि शान्त रहेका गुण्डा सलबलाउन थालिसकेका थिए। उपत्यकामा बढ्दो अपराधलाई नियन्त्रणमा ल्याउन ठुलै चुनौती थियो। त्यसमाथि राजनीतिक आवरणमा गरिने अपराध झन भयावह थियो। केहि समय अगाडिमात्र निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनमाथि दिनदहाडै गोलि हानि हत्या गरिएको थियो। जुन घटनाले व्यवसायी र सर्वसाधारण त्रसित थिए। त्यस्तो समयमा महाशाखालाई पुरानै पोजिसनमा उभ्याउनु राम्रै चुनौती थियो।

४ इन्काउन्टरः २ को मृत्यु, २ घाईते
सिंह महाशाखामा रहँदा प्रहरीले ४ इन्काउण्टर गर्यो। जसमा २ जना घाइते भए भने २ जना प्रहरी सँगको मुठभेट मारिए। ०७५ जेष्ठ २८ गते विभिन्न अपराधिक क्रियाकलापमा संलग्न अशोक लामामाथि प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लियो । लामाले ललिलपुरका घरजग्गा ब्यावसायीलाई धम्काउने, क्रसर उद्योगबाट चन्दा उठाउने गरेका थिए ।
यसैगरी, ०७५ असार ७ गते लुटपाटमा संलग्न खुडे भनिने सिन्धुपाल्चोक, बाह्रबीसेका अमरबहादुर तामाङलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो। अमरले ०७५ जेठ २४ गते भक्तपुरमा ताप्लेजुङका वीरेन तामाङलाई डलर साटिदिन्छु भनी बोलाएर १९ लाख ६० हजार लुटेका थिए ।०७५ साउन २० गते सिन्धुपाल्चोक मेलम्ची नपा–९ ज्यामिरे घर भई काठमाण्डौ –३२ काँडाघारी बस्ने चमेली खड्काको छोरा वर्ष ११ को निशान खड्कालाई अपहरण गरी हत्या गर्ने नुवाकोट घर भएका गोपाल तामाङ र सिन्धुपाल्चोक कर्थली घर भएका अजय तामाङसँग प्रहरीको मुडभेड भयो। ०७५ साउन २१ गते भक्तपुर सुर्यविनायक–८ पाईलट बाबाको आश्रम जाने बाटोको जंगलमा भएको उक्त मुडभेडमा उनीहरुको मृत्यु भयो।यस्तै, ०७५ मंसिर २१ गते कालोपुलमा बिभिन्न डाँका, लुटपाटका घटनामा संलग्न रही फरार रहेका सुनसरीको ईटहरी–५ घर भई काठमाण्डौ– २९, अनामनगर बस्ने ४६ वर्षिय राजन लिम्बूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलायो। लिम्बु घाईते भए।सिंहको पहलमा भएका उल्लेखनीय घट्ना अन्य धेरै छन् । (नेपाल-आजबाट)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]