०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

म्यादी प्रहरीमा भर्ना खुलेको छैन : प्रहरी प्रधान कार्यालय काठमाडौं

Logo
प्रकाशित बिहिबार, फाल्गुण २६, २०७८


ABC (क्राईमबिट)
काठमाडौँ । नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना नखुलाइएको स्पष्ट गरेको छ।

प्रहरी प्रधान कार्यालयले बिहीबार एक सूचनामार्फत भर्नासम्बन्धी हालसम्म कुनै सूचना प्रकाशित नगरिएको स्पष्ट गरेको हो।

प्रहरी प्रवक्ता विष्णु कुमार केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना जारी भएको भनी सामाजिक सञ्जालमा राखिएको पाइएकोले प्रहरी प्रधान कार्यालयबाट हालसम्म त्यस्तो सूचना प्रकाशित–प्रसारित नगरिएको ब्यहोरा जानकारी गराउँदछौँ । आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना नेपाल प्रहरीको वेबसाइट र सार्वजनिक सञ्चार माध्यममा भविष्यमा प्रकाशित हुने ब्यहोरा समेत जानकारी गराउँदछौँ।’

बुधवार म्यादी प्रहरीमा भर्ना खुला गरिएको भन्दै ‘फेक’ सूचना सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी र सेनालाई फागुन २४ मा जेनजी आन्दोलनको छानबिन प्रतिवेदन बुझाएपछि आयोगका सदस्य विज्ञानराज शर्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बन्ने चलखेलमा लागेका छन् ।आयोगमा बसेर काम गर्दा अन्य पदाधिकारीले भन्दा धेरै चलखेल गरेको आरोप शर्मा माथि लागेको छ । खासगरी प्रहरी र सशस्त्रका उच्च अधिकृतहरु माथि शर्माले पूर्वाग्रह राखेर विभागीय कारवाही र […]

कपिलवस्तु । महाराजगन्ज बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञाबिच स्थानीय युवाहरूले हुलाकी मार्गमा टायर बालेर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ । कपिलवस्तुमा स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा ४ जना घाइते,अहिले कर्फ्यु जारी, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी सन्तोष आचार्यले दिएको जानकारी अनुसार युवाहरूले प्रहरीलाई अवरोध गर्ने क्रममा झडप भएपछि हवाई फायर गर्नुपरेको […]

बाँके । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको छ। त्यहाँका नागरिकलाई बाघ, हात्ती र अन्य वन्यजन्तुले बेलाबखत सताउनु सामान्य कुरा थियो तर दुई महिनायता भने बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको हो। बाघ गाउँमा पस्न थालेपछि स्थानीय बासिन्दा सम्साँझैँ घरभित्र बस्न बाध्य भएका छन्। बर्दियाको गेरुवा गाउँपालिकाको मनाउ, पाताभार, […]

error: Content is protected !!