०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

भारतीय लाखौं रुपैयाँसहित २ जना थाई नागरिकहरु काठमाडौंबाट पक्राउ

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २७, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । Vistara Airlines को उडान नं. UK156 द्वारा काठमाण्डौंबाट भारतको दिल्ली जान लागेका निम्न थाई नागरिकहरुले लिई आएको ह्‍याण्ड व्यागेजहरुलाई यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाको महिलातर्फको X-ray Machine मा चेकजाँच गर्ने क्रममा निजहरुले बोकी आएको ह्‍याण्ड व्यागेजहरु भित्र तपशिलमा उल्लेखित नेपालमा प्रतिबन्धित गरिएको भारतीय मुद्राहरु लुकाई छिपाई भारततर्फ लैजान लागेको अवस्थामा फेला पारिएको हुँदा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुरमा बुझाइएको ।
तपशिल:
थाई नागरिक वर्ष ३२ की WANWISA JANTASAN ले लिई आएको खैरो रंगको लेडिज ह्‍याण्ड व्याग भित्र नेपालमा प्रतिबन्धित गरिएको भारतीय रुपैया २००० दरको थान- ४ र ५०० दरको थान- ३४३ गरी जम्मा भारतीय रुपैया १,७९,५००।– (एक लाख उनानअसी हजार पाँच सय मात्र) ।
थाई नागरिक वर्ष ४१ की WARAPORN KHUNSOMBAT ले लिई आएको खैरो रंगको लेडिज ह्‍याण्ड व्याग भित्र नेपालमा प्रतिबन्धित गरिएको भारतीय रुपैया ५०० दरको थान- २३० ले जम्मा भारतीय रुपैया १,१५,०००।– (एक लाख पन्ध्र हजार मात्र) ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी र सेनालाई फागुन २४ मा जेनजी आन्दोलनको छानबिन प्रतिवेदन बुझाएपछि आयोगका सदस्य विज्ञानराज शर्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बन्ने चलखेलमा लागेका छन् ।आयोगमा बसेर काम गर्दा अन्य पदाधिकारीले भन्दा धेरै चलखेल गरेको आरोप शर्मा माथि लागेको छ । खासगरी प्रहरी र सशस्त्रका उच्च अधिकृतहरु माथि शर्माले पूर्वाग्रह राखेर विभागीय कारवाही र […]

कपिलवस्तु । महाराजगन्ज बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञाबिच स्थानीय युवाहरूले हुलाकी मार्गमा टायर बालेर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ । कपिलवस्तुमा स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा ४ जना घाइते,अहिले कर्फ्यु जारी, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी सन्तोष आचार्यले दिएको जानकारी अनुसार युवाहरूले प्रहरीलाई अवरोध गर्ने क्रममा झडप भएपछि हवाई फायर गर्नुपरेको […]

बाँके । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको छ। त्यहाँका नागरिकलाई बाघ, हात्ती र अन्य वन्यजन्तुले बेलाबखत सताउनु सामान्य कुरा थियो तर दुई महिनायता भने बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको हो। बाघ गाउँमा पस्न थालेपछि स्थानीय बासिन्दा सम्साँझैँ घरभित्र बस्न बाध्य भएका छन्। बर्दियाको गेरुवा गाउँपालिकाको मनाउ, पाताभार, […]

error: Content is protected !!