२९ कार्तिक २०८२, शनिबार
15-11-2025 , Sat
×

गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

Logo
प्रकाशित बुधबार, चैत्र ०९, २०७८

(एबिसि संचार )                                                 चोभारमा टाटा सुमो गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । ना १ ज ६३५४ नम्बरको गाडीले बा ९२ प २३१ नम्बरको पल्सर बाइकलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलमा सवार दुई जनालाई प्रहरीले उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा लगेको थियो । उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमध्ये एक जना नागार्जुन नगरपालिका बस्ने समीर गिरी छन्। अर्का एक जनाको पहिचान खुलिसकेको छैन । ठक्कर दिएपछि मोटरसाइकल भीरबाट खसेको मैनालीले बताए । साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष – अध्ययन–अध्यापनमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, संयमित रहनुहोस्। वृष – व्यापारमा लाभदायक समय। मनमा नयाँ योजनाको सोच आउनेछ। वैवाहिक जीवनमा रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सानो उतारचढाव हुन सक्छ। मिथुन – कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा समय बित्न सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। […]

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

error: Content is protected !!