२९ कार्तिक २०८२, शनिबार
15-11-2025 , Sat
×

चुनावी पोष्टर तत्काल हटाउन निर्देशन नहटाएमा १ लाख रुपैया जरीवाना

Logo
प्रकाशित बुधबार, बैशाख २१, २०७९

(ABC=SANCHAR)
पर्सा । बिरगंजमा उम्मेदवारहरुले सार्वजनिक स्थलमा टाँगेका ब्यानरहरु हटाउन निर्वाचन कार्यालयले निर्देशन दिएको छ ।

पर्सामा स्थानीय तह निर्वाचनमा आफनो प्रचार प्रसारका लागि दल र उम्मेदवारहरुले सार्वजनिक स्थलमा टाँगेका पोस्टर र ब्यानरहरु तत्काल हटाउन निर्वाचन कार्यालयले निर्देशन दिएको हो ।

पर्साका प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले सार्वजनिक स्थलमा उम्मेदवारहरुले राखेका आफना प्रचार ब्यानरहरु नहटाइए सम्बन्धित दल र उम्मेदवारलाइ कार्वाही हुने बताएका छन् ।

आचारसंहिता अनुसार सार्वजनिक भवन, सार्वजनिक पार्क, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक ठाउँमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह राख्न वा टाँस्न पाइने छैन । यस्तै कुनै पनि उम्मेदवार वा दलले आफ्नो कार्यालय बाहेकका ठाउँमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्न्ह, डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड पनि राख्न निषेध गरिएको छ ।

तर पर्सामा वीरगञ्ज महानगर सहित १४ वटै पालिकाहरुमा दल र उम्मेदवारहरुले चोक, सार्वजनिक भवन, पार्क लगायतका सार्वजनिकस्थलमा आचारसंहिता मिचेर आ आफनो पोष्टर लगाएका छन् ।

आज निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेर चुनावी पोष्ट र ब्यानर टास्न निषेध गर्दै यदि कसैले पोष्टर र ब्यानर टासे १ लाख रुपैया जरीवाना तिराउने बताए ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन निर्वाचन आयोगले गएको चैत २५ गते देखि नै निर्वाचन आचारसंहिता २०७८ लागू गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीको रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न कोसी प्रदेशका प्रहरी प्रमुख समेत रहेका डीआईजी ईश्वर कार्की सिफारिस भएका छन्। शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले पहिलो नम्बरमा रहेका डीआईजी कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको हो।

दाङ । भालुवाङ बृहत विद्यालय सुरक्षा गुरुयोजना सम्बन्धी एकदिने कार्यक्रम दाङको देउखुरी भालुवाङमा शुक्रबार सम्पन्न भएको छ । विभिन्न दातृ निकायहरु : नेपाल सरकार, युनिसेफ, नेपाल शिक्षा समुह र भुकम्प प्रविधि राष्ट्रिय समाजको समन्वय तथा सहकार्यमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिवाकर भण्डारीको अध्यक्षता […]

दाङ । घोराही भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय नारायणपुरको भवनमा ढुंगामुढा, तोडफोड,लुटपाट तथा चोरी गरी क्षति पुर्‍याउने एक व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । त्यस्तै पक्राउपर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १०,उत्तर अमराई बस्ने वर्ष ३४ […]

error: Content is protected !!