१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

जसपाका कार्यकर्ताले पैसा बाद्ने बेला रोक्ने क्रममा एमालेका कार्यकर्ता गुप्ता संचारकर्मी बर्णबाल घाइते

Logo
प्रकाशित शुक्रबार, बैशाख ३०, २०७९

(रवि बर्णबाल)
पर्सा । बिरगंज महानगर पालिका वडा नं १० मा पैसा बाढेको विशेष सूचनाको आधारमा नेकपा एमालेका कार्यकर्ताले थाहा पाए पछी पैसा बाढेको स्थानमा पुगेका थिए।

जनता समाजवादी पार्टीका कार्यकर्ता सुरेन्द्र साह कानु र दीपकले पैसा घरमा पसेर पैसाको सेटिङ मिलाई रहेको अवस्थामा फेला परेको थियो। घरबेटीसंग कुरा गर्दा घरबेटिले भने घर भित्र रहेका दुबै जन्ना मेरो घरको आफन्त हुन बारे जानकारी दिए ।

केही बेर सम्म घर अगाडि कुरेर बसेपछि घरभित्र रहेका दुईजना बाहिर आए का थिए। उहाँ हरु संग कुरा गर्दा उहाँले भने की मेरो दिदी को घर हो त्यही भएर भेट्न आएका थिए। एमाले का कार्यकर्ता ले दुबै जना लाई रोकेर सोध्दा उनीहरू मध्ये एक जना घर भित्र पसेका थिए। घरभित्र मान्छे गएर लुक्यो की छतबाट हाम फालेर भाग्यो यो जानकारी आएन।

नेकपा एमालेका कार्यकर्ता हरु ले घरको अगाडि पछाडि खोजेपनि मान्छे भेटेन। जिल्ला प्रहरी कार्यालय पर्सामा सम्पर्क गर्दा प्रहरी आउन ढिलो भएको थियो। पैसा बाढेको खबर थाहा पाए पछी रिपोर्टिङ गर्न एबिसी संचारका पत्रकार रबि बर्णबाल समेत कुटेर गम्भीर घाइते बनाएको छ ।

त्यही बीच मौका छोपेर जनता समाजवादी पार्टी का कार्यकर्ता त्यहा पुगेर त्यहा रहेका नेकपा एमालेका कार्यकर्ता लगायत पत्रकार बर्णवाल लाई हातपात गरेकाे थियाे। एक जना पत्रकार बर्णवल र एकजना कार्यकर्ता गुप्ताको टाउको फुटेको छ भने अजय गुप्ता वडा नं १० का वडा अध्यक्ष का उमेद्वार र गुप्ता कार्यकर्ता लाई चोटपटक लागेको छ ।

नेकपा एमालेका वडा नं १० का वार्ड अध्यक्ष को उमेद्वार अजय गुप्ताका अनुसार पचिस तीस जना को ग्रुप आएको थियो जसमध्ये केही का नाम सार्वजनिक गरेका छन् लखन गुप्ता , अमर गुप्ता, सोनु गुप्ता (धोले) , रोहित वर्नवाल रहेका थिए। पक्राउ पर्नेमा दुई जना पक्राऊ परेका छन नाम आउन बाँकी। जिल्ला प्रहरी कार्यालय पर्साले कुटपिट गर्नेहरुको पहिचान गरेर पक्राउ गर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!