२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

जसपाका कार्यकर्ताले पैसा बाद्ने बेला रोक्ने क्रममा एमालेका कार्यकर्ता गुप्ता संचारकर्मी बर्णबाल घाइते

Logo
प्रकाशित शुक्रबार, बैशाख ३०, २०७९

(रवि बर्णबाल)
पर्सा । बिरगंज महानगर पालिका वडा नं १० मा पैसा बाढेको विशेष सूचनाको आधारमा नेकपा एमालेका कार्यकर्ताले थाहा पाए पछी पैसा बाढेको स्थानमा पुगेका थिए।

जनता समाजवादी पार्टीका कार्यकर्ता सुरेन्द्र साह कानु र दीपकले पैसा घरमा पसेर पैसाको सेटिङ मिलाई रहेको अवस्थामा फेला परेको थियो। घरबेटीसंग कुरा गर्दा घरबेटिले भने घर भित्र रहेका दुबै जन्ना मेरो घरको आफन्त हुन बारे जानकारी दिए ।

केही बेर सम्म घर अगाडि कुरेर बसेपछि घरभित्र रहेका दुईजना बाहिर आए का थिए। उहाँ हरु संग कुरा गर्दा उहाँले भने की मेरो दिदी को घर हो त्यही भएर भेट्न आएका थिए। एमाले का कार्यकर्ता ले दुबै जना लाई रोकेर सोध्दा उनीहरू मध्ये एक जना घर भित्र पसेका थिए। घरभित्र मान्छे गएर लुक्यो की छतबाट हाम फालेर भाग्यो यो जानकारी आएन।

नेकपा एमालेका कार्यकर्ता हरु ले घरको अगाडि पछाडि खोजेपनि मान्छे भेटेन। जिल्ला प्रहरी कार्यालय पर्सामा सम्पर्क गर्दा प्रहरी आउन ढिलो भएको थियो। पैसा बाढेको खबर थाहा पाए पछी रिपोर्टिङ गर्न एबिसी संचारका पत्रकार रबि बर्णबाल समेत कुटेर गम्भीर घाइते बनाएको छ ।

त्यही बीच मौका छोपेर जनता समाजवादी पार्टी का कार्यकर्ता त्यहा पुगेर त्यहा रहेका नेकपा एमालेका कार्यकर्ता लगायत पत्रकार बर्णवाल लाई हातपात गरेकाे थियाे। एक जना पत्रकार बर्णवल र एकजना कार्यकर्ता गुप्ताको टाउको फुटेको छ भने अजय गुप्ता वडा नं १० का वडा अध्यक्ष का उमेद्वार र गुप्ता कार्यकर्ता लाई चोटपटक लागेको छ ।

नेकपा एमालेका वडा नं १० का वार्ड अध्यक्ष को उमेद्वार अजय गुप्ताका अनुसार पचिस तीस जना को ग्रुप आएको थियो जसमध्ये केही का नाम सार्वजनिक गरेका छन् लखन गुप्ता , अमर गुप्ता, सोनु गुप्ता (धोले) , रोहित वर्नवाल रहेका थिए। पक्राउ पर्नेमा दुई जना पक्राऊ परेका छन नाम आउन बाँकी। जिल्ला प्रहरी कार्यालय पर्साले कुटपिट गर्नेहरुको पहिचान गरेर पक्राउ गर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!