०७ मंसिर २०८३, सोमबार
23-11-2026 , Mon
×

मानवीय त्रुटिलाई विवादको विषय नबनाऔँ : निर्वाचन आयोगको अनुरोध

Logo
प्रकाशित आइतबार, जेठ ०१, २०७९

(ABC=SANCHAR)
काठमाडौँ । निर्वाचन आयोगले मतगणनाका क्रममा हुने सामान्य मानवीय त्रुटिलाई विवादको विषय नबनाउन आग्रह गरेको छ ।
अनावश्यक विवाद झिकी मतगणना कार्य रोक्ने, हुल- हुज्जत गर्ने, नाराबाजी गर्ने र समग्र मतगणना कार्यमा ढिलाइ गर्ने गरिएका प्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।

मत गणनाका क्रममा देखिएको गतिविधिबाट पूर्वयोजनाअनुसार जेठ ५ गते अगावै मतगणना कार्य सम्पन्न गर्ने उद्देश्यमा असर पुगेको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गर्दै जिल्लामा रहेको जनशक्ति व्यवस्थापन समन्वय समितिसँग समन्वय गरी आवश्यक जनशक्ति व्यवस्थापन गरेर मतगणनालाई तीव्र बनाउन आग्रह गरेका हुन् ।

उपलब्ध भएसम्म नेपाल सरकार तथा प्रदेश सरकारका कर्मचारीलाई मतगणना कार्यमा प्राथमिकतासाथ खटाउने तथा स्थानको उपलब्धताअनुसार सकेसम्म बढी मतगणना टोली कायम गरी मतगणना गर्ने व्यवस्था मिलाउन पनि आयोगले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकीमा दुई साँढे गुरु भिड्दा केही बेर भागाभागको स्थिति सिर्जना भएको छ। सीमा क्षेत्रमा भिडिरहेका साँढेहरूलाई देखेर यात्रु तथा स्थानीय त्रसित भएका थिए। साँढेको भिडन्तका कारण केही बेर सवारी तथा पैदल यात्रुहरू रोकिनु परेको थियो। केही बेरपछि साँढेहरू आ-आफ्नो बाटो लागेपछि स्थिति सामान्य भएको थियो।

दाङ । नारायणपुर ईलाका प्रहरी कार्यालय नारायणपुरले हराएको मोबाइल (आईफोन) फेला पारी सम्बन्धित मोबाइल धनीलाई बुझाएको छ। प्रहरीले गरेको खोजतलास तथा प्रविधिको सहयोगमा फेला परेको मोबाइल धनीलाई बुझाउँदा धनीले खुशी व्यक्त गर्दै प्रहरीलाई धन्यवाद दिएका छन्।

सल्यान । सल्यान जिल्ला ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गर्दा सल्यानमा मादक पदार्थ सेवन (मापसे) गरी र ट्राफिक नियम पालना नगरी सवारी चलाउने २ सय २३ जना सवारी चालक कारबाहीमा परेका छन्। सल्यानका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले मापसे गर्ने तथा ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कारबाही गरेको हो। ट्राफिक कार्यालय शीतलपाटी सल्यानका प्रमुख जयराम घर्तीका अनुसार […]

error: Content is protected !!